टाउकोमा कस्तो भूमरी हुने भाग्यमानि, यसो भन्छ सामुन्द्रिक शास्त्र…….!

सामुन्द्रिक शास्त्रका अनुसार,जन्मजात शिरमा हुने भूमरीले जीवनमा महत्तोपूर्ण भूमिका खेल्ने गरेको छ । आज हामी तपाईहरुलाई मान्छेको शरिरमा हुने खत , कोठी आदिले जीवनमा के कस्तो प्रभाब पार्छ भन्ने कुरा बताउन जाँदैछौँ ।

तपाईहरु धेरै जस्तो मान्छेहरुको टाउकोमा गोलो भूमरी परेको देख्न सक्नुहुन्छ । कसैको शिरमा एउटा मात्र देखिन्छ भने कसैकोमा २,३ वटा सम्म रहेको हुन्छ । मान्छेहरुको शिरमा हुने यस्ता भूमरी कसैको दाँया हुन्छ भने कसैको भने बायाँ देखिने गर्छ । सामुन्द्रिक शास्त्र अनुसार यी भूमरीले मान्छेको भविष्य समेत बताउने गर्दछ ।

शिरमा भूमरी भएका मान्छेहरु निकै नै दयालु स्वभाबका हुन्छन । तपाईहरुलाई यो पनि जानकारी गराउं कि यस्ता व्यक्तिहरु धेरैनै सज्जन र शान्त स्वोभाबका हुने गर्छन् । कुनै पनि निर्णय गर्नु अघि उनीहरु धेरै पटक सोच विचार गर्ने गर्छन् ।

जुन बच्चाको शिरमा, तस्बिरमा देखाए अनुसार भूमरी रहेको हुन्छ,सामुन्द्रिक शास्त्रका अनुसार यस्ता बच्चाहरुले भविष्यमा आफ्नो परिवारको धेरै ख्याल राख्ने हुन्छन र घरका सम्पूर्ण जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने गर्छन् ।

शिरमा यस्तो भूमरी देखिएको छ भने त्यो बच्चा पढाईमा लगनशील र धेरै बुद्धीमान हुने गर्छन । उनीहरु आफ्ना साथीहरुसँग मित्रताको सम्बन्ध राम्रो सँग निर्बाह गर्न सक्षम हुन्छन । यिनीहरु बचपन देखिनै अरुको दुख देख्न नसक्ने र अरुलाई मद्धत गर्ने काम मा अग्रस्थानमा पर्ने गर्छन ।

शास्त्रमा यस्तो भनिएको छ कि यदि कुनै व्यक्तिको शिरमा दुई वटा भूमरी छ भने उ धेरै जिद्दी स्वभाबका हुने गर्छन । यस्ता व्यक्तिहरु भबिष्यमा आफ्ना बाबु आमा को राम्रो हेरचाह गर्छन र परिवारमा सधैब साथ र सहयोग राख्न सफल हुनेछन् । उनीहरु परिवारका मात्र अन्य नभई समाजको समेत आशा लाग्दा व्याक्तितो को रुपमा स्थापित हुन सक्छन ।

बच्चा देखिनै उनीहरुको स्वभाब अलि हतार ले निर्णय गर्ने हुँदा कोहीबेला सानो ठुलो असर पर्ने गर्छ र जिद्दी स्वभाबका कारण कोहीबेला हानी नोक्सानी पुर्याउन सक्ने कुरा सामुन्द्रिक शास्त्रमा उल्लेख गरिएको छ ।

कुनै पनि बच्चाको शरिरमा भूमरी अनिबार्य हुनैपर्छ भन्ने हुँदैन । कुनै बच्चाको जन्मजात यस्ता भूमरी हुन्छन भने कसैको नहुन पनि सक्छ । यदि कुनै बच्चाको शिरमा दुई वटा भूमरी छ भने त्यस बच्चालाई सानै देखि बोली वचन र उसको चाल चलनमा ध्यान दिनुपर्छ जसका कारण उनीहरुको भबिष्यमा देखिन सक्ने नराम्रा बानीहरु बिर्सिनेछन् । यसरि, भविष्यमा उनिहरुबाट घरपरिवार वा स्वेम आफैलाई हुन सक्ने हानीनोक्सानी बाट जोगाउन सकिन्छ

प्रतिक्रिया दिनुहोस