काठमाडौंको अवस्था चिन्ताजनक, उपत्यकामा थप ३ सय ७७ जनामा संक्रमण,

काठमाडौं, ११ भदौ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ७७ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ७७ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र २ सय ७० संक्रमित थपिएका छन् भने ललितपुरमा ६६ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४१ जना संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस