काठमाडौँ मै जन्म दिईन तिम्ल्याहा सन्तान: पहिला ड’र, अहिले उत्साह नै उत्साह !

काठमाडौँ कान्तिपथ स्थित ग्राण्डिसिटी अस्पतालमा एक महिलाले तिम्ल्याहा सन्तानलाई जन्मदिएकी छन्। काठमाडौँकी २७ वर्षीय श्रृजना लम्सालले बिहिबार बिहान बिहान साढे ६ बजे श’ल्यक्रिया पश्चात तिम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्। ग्राण्डिसिटी अस्पतालका अनुसार जन्मिएका तीनै शिशु स्वस्थ रहेका छन् भने दुई शिचु २ केजीका र १ जना १ केजी ९० ग्रामका रहेका छन्।

तिम्लाहा शिशुका बाबु बनेका सुबोध पौडेल तिम्लाहा सन्तान हुने थाहा पाएपछि आ’त्तिए पनि अहिले आएर भने पहिलाका दु:खहरु ह’राएको बताउँछन्। “बाबुआमा बन्न सजिलो रहेनछ। तर यस अघि पाएको दु:ख र लागेको ड’र सन्तानको मुख देख्ने बित्तिकै उडेको छ।”,उनी भन्छन्।

प्रतिक्रिया दिनुहोस