नेपाल आइडल सिजन-३ को बिजेता बनिन सज्जा चौलागाईं

काठमाडौँ । एपि वान टेलिभिजनले प्रसारण गरेको नेपाल आइडल सिजन ३ का विजेता सज्जा चौलागाईं बनेकी छन् । शुक्रबार भएको फिनालेमा सज्जा चौलागाईं घोषित भएकी हुन् । यो रियालिटी सो नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो । प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा चौलागाईं, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए ।

हजारौंबाट छानिएर उत्कृष्ट ३ मा पर्न सफल भएका उनीहरूले पाएको भोटको आधारमा विजेता चयन भएका हुन्। विजेताले ‘नेपाल आइडल–३ को उपाधि सहित ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गर्नेछन् । को’रोनाका कारण रोकिएको कार्यक्रम करिब तीन साताअघि पुनः सुरु भएको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा इन्दिरा जोशी, न्ह्युु वज्राचार्य र कालीप्रसाद बाँस्कोटा रहेका छन् । नेपाल आइडल यस्तो एउटा मञ्च हो जसले हर कोहीलाई अवसर दिने गरेको छ । यसले दूरदराजमा लुकेर रहेका प्रतिभालाई अगाडि बढ्न समान अवसर दिन्छ । नेपाली सांगीतिक इतिहासमा बेग्लै उचाइ कायम गरेको नेपाल आइडल हरेकको सपना हो । यसअघि बुद्ध लामा र रवि ओडले यो उपाधि चुमिसकेका छन् ।

को हुन् सज्जा चौलागाईं ? मोरङ पथरीकी सज्जा चौलागार्इं नेपाल आइडलकी उत्कृष्ट प्रतियोगी हुन्। नेपाल आइडलमा छनोट भएसँगै उनको रक पप र भर्सटायल गायकीको चर्चा हुन थाल्यो। उनको प्रस्तुति र बोल्ड स्वरको हरेक कार्यक्रम मा प्रशंसा हुने गर्छ । कक्षा ८ मा पढ्दा स्कुलमा भएको गायन प्रतियोगितामा उनले पहिलो स्थान प्राप्त गरिन् । बाबा मोरङमा र आमा साइप्रसमा भएकी सज्जा आफ्नो भाइसँगै हुर्किएकी हुन् ।

ठमेल, दरबारमार्ग तथा कमलपोखरी क्षेत्रमा रहेका लाउन्जहरूमा उनी लाइभ गीत गाउने गर्थिन् । उनको ‘दी लोडिङ’ नामक ब्यान्ड थियो। कलेज पढ्दै, लाइभ गीत गाउँदै उनको दैनिकी चलिरहेको थियो । लाउन्जहरूमा हिन्दी, रक र अंग्रेजी गीत बढी गाउनु पथ्र्यो । तीनदेखि चार घण्टा निरन्तर गीत गाउनुपथ्र्यो । प्हिलो पटक उनले फ्लेवर्स रेस्टुरेन्ट तारागाउँमा गाएकी थिइन् ।

गाएर कमाएको पहिलो कमाइ पाँच सय रपैयाँ थियो । उनका आमा बुवाले गाउन सधैं सहयोग गर्छन् । ब्याचलर्सकी विद्यार्थी सज्जा नेपाल आइडल सिजन–३ को अडिसनले यता तानिएकी हुन् । सुरुमा उनले डिजाइनर बन्ने सपना बोकेकी थिइन् तर गीतले उनलाई पछ्याइरह्यो । गायनमै अगाडि बढ्छु भन्ने त थिएन तर लाइभ गायन र नेपाल आइडलले उनलाई गायनबाट अलग हुन नसक्ने बनायो ।

 

प्रतिक्रिया दिनुहोस