आफ्नो बारेमा यस्तो गलत्त समाचार भाइरल भएपछि तनाबमा पूर्णिका शाह [भिडियोसहित]

काठमाडौं । पछिल्लो समय चर्चामा रहेकी पूर्वराजा ज्ञानेन्द्र शाहका जेठी नातिनी तथा पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी छोरी पूर्णिका शाहले एक पटक फेरि सार्वजनिक भएकी छिन् । जनआस्थाले पूर्व राजकुमारी पूर्णिका शाहका प्रेमी माथवरसिंहका सन्तान भन्दै समाचार बाहिर ल्याएपछि पूर्णिका तनावमा आएकी हुन् ।

उनले आफ्नो प्रेम सम्बन्धका विषयमा विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा कुनै सत्यता नभएको बताएकी छिन् । सामाजिक सञ्जाल टिकटकमार्फत विभिन्न सञ्चारमाध्यममा आएका खबरको खण्डन गर्दै उनले भनेकी छन्, ‘मेरो निजी जीवनबारे सार्वजनिक खबर कपोकल्पित र भ्रामक हुन् ।’

अहिले पूर्णिका शाह थाइल्यान्डमा बसेर इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययन गरिरहेकी छन् । केही दिनअघि १९ वर्षीया पूर्णिका प्रेममा परेको र यस सम्बन्धमा आमा हिमानीसमेत जानकार रहेको खबर सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस