सुनको मुल्य आज फेरि सोच्नै नसकिने गरि, बढ्यो

काठमाडौं । आज सुनको भाउ बढेको छ । शुक्रबारको तुलनामा आज तोलामा ३०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रति तोला ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९६ हजार ७७ रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला १३४० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस