साना-साना कुरामा रोइहाल्ने मानिसभित्र हुन्छ यस्ता अद्भुत क्षमता ! कतै तपाईमा पनि छ की ?

यस पृथ्वीमा जति पनि प्राणीहरुको जन्म भएको हुन्छ तिनीहरु मध्ये मानव मात्र एक यस्तो प्राणी हो जसले आफ्ना मनका भावनाहरुलाई विभिन्न तरिकाले खुलस्त रुपमा प्रकट गर्न सक्छ। तर जब उनीहरु ब्यक्त गर्दछन तब उनीहरुको प्रकट गर्ने तरिका पनि भिन्न हुन्छ।

भावना बयान गर्ने तरिका

हास्नु , रुनु, दुखि हुनु , खुसि हुनु आदि यी सबै भावनात्मक कुराहरु हुन्। तर जो मानिस सानातिना कुरालाई लिएर बेकारमा रुने गर्छ त्यस्ता मानिसलाई सम्भवत कसैले पनि मन पराउदैनन। यो एकदम प्रयोगात्मक कुरा पनि हो। हामी सबैमा भावना हुन्छ यो एक सामान्य कुरा हो कसैले यसलाई सामान्य तरिकाले डिल गर्ने प्रयत्न गर्छन त कसैले यसलाई बयान गर्न अनेकौं तरिका अपनाउने गर्छन।

मनोवैज्ञानिक दृष्टि

यदि यो कुरालाई मनोबैज्ञानिक दृष्टिले हेर्ने हो भने स -साना कुरामा रुने मानिसलाई अन्य मानिसको तुलनामा फरक मान्ने गरिन्छ। उनीहरुका अनुसार धेरै रुनु स्वास्थ्यका लागि उत्तम मानिन्छ। धेरै रुने मानिसमा बिशेष गुण समेत हुने गर्छ। त्यसैले रुन मन लागेको बेलामा धित मर्ने गरि रुनुहोस , यी समस्याबाट सजिलै फुत्किन सकिन्छ।चिन्ता र तनाव कम हुन्छ

सामान्यतया अधिकांश मानिसहरु धेरै तनाव र चिन्ता परेको बेलामा रुने गर्छ। तर मनोबैज्ञानिकहरुले भने तनाव भएको बेलामा रुनाले सम्पूर्ण तनाव र चिन्ताबाट मुक्त भई मानसिक शान्ति मिल्ने बताउछ।

भावना व्यक्त गर्न सक्षम

रुनुको अर्थ यो पनि हो तपाईलाई आफ्नो भावना उजागर गर्न न त लाज लाग्छ न त हिच्किचाहट नै ,एक मनुष्य हुनको नाताले यस कुरालाई पनि सामान्य रुपमा लिइन्छ।

एक मजबुत व्यक्तित्वको पहिचान

यदि जसलाई सानातिना कुराले छुन्छ र रुन थाल्छ यस्तो अवस्थामा यो कुरा सम्झिनु आवश्यक छ कि उक्त मानिस धेरै नै मजबुत छ, आँखाको आँसुलाई लुकाउनु मजबुती होइन आफ्नो भावनालाई व्यक्त गर्नुले व्यक्तिको सहि पहिचान दिलाउछ। तपाई यो कुरालाई मनन गर्नुहोस कि तपाई जस्तो मनोइस यस पृथ्वीको लागि निकै नै महत्वपुर्ण छ।

सन्तुलन

जब तपाई आफ्नो भावनालाई स्वीकार गर्नुहुन्छ, तब तपाईले आफुले आफुलाई नियन्त्रणमा राख्न सक्षम हुनुहुनेछ। यसका अलावा मनको भावना खुलस्तसंग प्रस्तुत गर्नाले व्यक्तिगत , सामाजिक र व्यवसायिक जीवनमा यसको लाभ प्राप्त हुन्छ। भवनको स्वीकार्यता मष्तिस्कको शान्तिसंग जोडिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस