सदाबहार फूल =Catharanthus roseues परिवारमा पर्ने यस फूललाई नेपालीमा सदाबहार फूल सस्कृतमा नित्य कल्याणी वा सदा पुष्प र अग्रेजीमा Rose Periwinkle or Old maid भनिन्छ ।हाम्रो घर आगनमा जताततै पाइने यो वनस्पतिमा क्यान्सर, सुगर र उच्च रक्तचाप नियन्त्रण गर्न सक्ने अचुक औषधिय गुण हुन्छ । आज हामी यसैका बारेमा चर्चा गरेका छौं ।
सुगर– यो वनस्पतिको सम्पुर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ ।जसको प्रयोगले शरिरमा Hypoglycemic effect गर्ने हुनाले रगतमा भएको चिनीकोमात्रा घटाउन महत्वपूर्ण भुमिका रहन्छ । यसमा रहेका Alkaloid ले Pancreas को Beta Cell लाई शक्तिशालि बनाउने भएकाले Pancreasले उत्पादन गर्ने Harmon Insulin को उत्पादन र वितरण सन्तुलित मात्रामा हुने गर्दछ ।
यसकालागी बिरामीले यो वनस्पतीको फूल डाँठ र पात पिधेर अचारका रुपमा वा पिधेको लेदोबाट रस निकालेर नित्य १० दिन सम्म बिहान खाली पेट सेवन गरे यो रोग बाट मुक्ती सम्भव छ । नियमित १० दिन सेवन पश्चात रगत जाँच गराएर हेर्नुहोला ।
क्यान्सर– यसको सम्पूर्ण बोटमा १५० प्रकारका Alkaloid पाइन्छ भनेर अघि नै भनियो । यसको पातमा मात्रै २ प्रकारका Alkaloid पाइन्छ जसलाई Vincristine र Vinblastine भनिन्छ । यी दुई नाममा क्यान्सरका विरामीहरुलाई केमोसँग मिसाएर दिइने इन्जेक्सन पनि पाइन्छ ।
क्यान्सका रोगीहरुलाई यो वनस्पतीको पात पिधेर अचार जस्तो बनाइ खुवाएमा क्यान्सर रोगमा राहत पुग्दछ । यदि रोगी खान नसक्ने अबस्थामा छ भने लेदोदाइ पानीमा घोलेर चम्मचका सहाराबाट पनि खुवाए हुन्छ ।
उच्च रक्तचाप- यो वनस्पतीको जरामा Ajmalicine र Serpentine नामक Alkaloid पाइन्छ । जुन Anti Hypertensive पनि हो । उच्च रक्तचापका विरामीहरुले यसको जरा राम्ररी सफा गरि बिहान खाली पेट चबाएर रस निल्ने गर्नाले रक्त चाप नियन्त्रित हुन्छ । तर ध्यान दिनु होला यसरी प्रयोगमा ल्याइने यो वनस्पतीको फूल सेतो वा गुलाबी हुनुपर्दछ ।