कसैमाथि जाइ नलाग्ने तर आइ लाग्नेलाई नछोड्ने बाबुरामको चेतावनी

काठमाडौँ, १४ भदाै । जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू कसैमाथि जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने चेतावनी दिनुभएकाे छ । आइतबार उहाँले सामाजिक सञ्जालमार्फत सम्बन्धमा आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आफू कसैमाथि जाइनलाग्ने तर कोही आफूमाथि आइलागेमा नछोड्ने उल्लेख गर्नुभएकाे छ ।

डा. भट्टराईले सामाजिक सञ्जालका सम्बन्धमा आफ्ना पाँच प्रतिवद्धता सार्वजनिक गर्दै अरुबाट सिक्ने र आफूले जानेका कुरा बाँड्ने, सत्य र न्यायको पक्षमा उभिने, शोषित–उत्पीडित–विभेदमा परेकाहरुको पक्षमा पैरवी गर्ने, जाइनलाग्ने तर आइलाग्नेलाई नछोड्ने र बुझेर बुझ पचाउने ठग र नबुझ्ने–बुझ्न नचाहने मुर्खदेखि टाढै बस्ने बताउनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस