निकोल नामकी एक महिला पछिल्लो १० वर्षदेखि खतरनाक रोगबाट पिडित भएकी थिइन् ।तर वास्तविक थाहा पाउदा….

एक बच्चाको आमा जो १० वर्षभन्दा धेरै समयदेखि बस्न सकेकी थिइनन् । उनलाई उठ्न र बस्न धेरै समस्या हुन्थ्यो । यसैपनि मानिसलाई धेरै रोग लाग्छ र केही रोगहरु यस्ता हुन्छन् जसको उपचार नै हुनसक्दैन । आज हामी यस्तो रोगको बारेमा कुरा गर्छौ जसको कारण मानिसले जिन्दगी ठिक तरिकाले बाच्न सकेका छैनन् । केही रोग ठिक भएपनि पछि सम्म त्यसको असर भोग्नेपर्ने हुन्छ । निकोल नामकी एक महिला पछिल्लो १० वर्षदेखि खतरनाक रोगबाट पिडित भएकी थिइन् । यी महिलालाई १९ वर्षको उमेरमा एक रोग लागेको थियो । त्यो रोगको नाम कोहन्स होे ।

उनलाई उक्त रोगको कारण उनलाई ५ इन्चको गहिरो घाउ भयो त्यहि घाउले बस्न उठ्न नै समस्यामा पार्यो । जोडले दुख्ने घाउको कारण उनी १० वर्षसम्म बस्न सकिनन् । उपचार गराउँदा पनि कतै उनको घाउ निको भएन् ।

तर १० वर्षपछि डाक्टरले उनलाई रोगबाट मुक्त गर्न अपरेशनको बाटो खोजे । उनको घाउ प्रभावित भागमा अपरेशन गरेर काटेर फालिदिएका छन् । र उनी अहिले रोगबाट मुक्त भएकी छिन् । अपरेशन गरेको स्थानमा घाउको दाग देखिने भएकोले छोप्नको लागि निकोलले एक गुलाबको ट्याटु बनाएकी छिन् । जुन ट्याटुको कारण निकोलले आफुमा नयाँ आत्मविश्वास बढाइरहेकी छिन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस