आज बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

ताको दोस्रो दिन सोमबार सुनचाँदीको मुल्य उकालो लागेको छ ।

आइतबारको तुलनामा सुनको मुल्य तोलामा ३ सय रुपैंया बढेर ९७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंङ्घले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य आज तोलाको ९७ हजार रुपैंयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तेजावी सुनको मुल्य ९६ हजार ७ सयमा कारोबार भएको थियो ।

सुनको मुल्य उकालो लाग्दा चाँदीको मुल्य पनि सामान्य रुपमा बढेको छ । आइतबारको तुलनामा चाँदीको मुल्य तोलामा २५ रुपैंया बढैर १३ सय ६५ मा कारोबार भएको छ ।

भाद्र महिनाको १५ गतेसम्म आइपुग्दा सुनको मुल्य २ दिन मात्र १ लाख भन्दा माथि रहेको थियो । भाद्र २ र ३ गते तोलाको १ लाख ४ सय मा कारोबार भएको सुनको दिन त्यसपछिका दिनमा भने लाख नाघेको छैन ।

प्रतिक्रिया दिनुहोस