मनोकामना पूरा गरिदिने ढोर बाराही देवीको यस्तो छ महिमा.बाराही देवी मन्दिरमा जे माग्यो त्यही पुरा हुने

मनोकामना पूरा गरिदिने देवीका रूपमा प्रख्यात छिन् ढोर बाराही। शुक्लागण्डकी नदी पर्तिर खोंचमा हरियाली वातावरणमा एउटा कलात्मक मन्दिर छ ढोर बाराही। चौबीसे राज्यमा पर्ने ढोर राज्यकी देवी भएकाले ढोर बाराही भनिएको। मन्दिर शुक्ला गण्डकी नगरपालिका–९ मा पर्दछ।ढोर बाराहीको भाकल गरेमा मनले चि’ताएको पूरा हुने जनविश्वास छ।उनलाई सम्झेर कोही सन्तान माग्छन् त कोही कोही धनसम्पत्ति अनि कोही सुस्वास्थ्यको कामना गर्छन्। आफ्नो मनोकांक्षा पूरा भएपछि उनीहरू पाठा वा पाठी ल्याएर मन्दिरमा ब’लि चढाउँछन्। पुजारी चिरञ्जीवी लम्सालका अनुसार विशेषतः स्याङ्जा, कास्की र तनहुँका ति’र्थालु आउँछन्। मन्दिरसँगै स्या’नो पोखरी छ। पोखरीमा माछा छन्। त्यही पोखरीमा रहेको शिलढुंगामा ब’लि दिइन्छ।

अ’नौठो कुरा के छ भने पोखरीमा बेलाबेलामा पानी घ’टबढ भैरहन्छ। पानी ब’ढ्नुलाई लहरी च’ल्नु भनिन्छ। लहरी चल्ने बेला माछाले सं’केत पाउँछन्। उनीहरू पानीको मुखतिर थु’प्रिन्छन्। आधा वा एक घन्टाको फरकमा ल’हरी चल्छ। अनि एकछिनमा पानी क’म भैहाल्छ।लम्साल थरका बाहुन मन्दिरका पुजारी। उनीहरू भक्तजनले च’ढाएको भे’टीबाट गु’जारा चलाउँछन्।

मन्दिर कति पुरानो हो भन्ने एकिन छैन। दुई दशक अघिसम्म ढुंगा र माटोले बनेको मन्दिरमा खरले छाइएको हुन्थ्यो। पचासको दशकमा ढलान गरेर तामाको छाना राखियो। ढोर बाराही मन्दिर सं’रक्षण स’मितिका अध्यक्ष एवं वडाध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार मन्दिरमा नेपाल संवत ९६७ लेखिएको घन्टा सु’रक्षित छ।अरू प्राचीन घन्ट पनि छन्। मन्दिर क्षेत्रमा फूलप्रसादी र खाना बेच्ने पसल थुप्रै छन्। दुलेगौंडा बजारबाट पश्चिम ५ किमि दूरीमा ढोर बराही मन्दिर छ। दुलेगौंडाबाट रि’र्जभ्ड जिपमा मन्दिर पुग्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस