ऋषिकेषमा फ्रान्सेली महिलाले नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेपछि…

एजेन्सी, १५ भाद्र । भारतको उत्तराखण्डको ऋषिकेषस्थित लक्ष्मण झुलामा फ्रान्सेली महिलाले नग्न तस्बिर खिचेर पोष्ट गरेकी छिन् । उनले उक्त भिडियो सामाजिक सञ्जालमा पनि पोष्ट गरिन् ।

महिला २७ वर्षीया मारी हेलेन हुन् । उनले पवित्र तीर्थस्थल क्षेत्रमा नग्न भिडियो खिचेर सामाजिक सञ्जालमा राखेपछि बिहिबार पक्राऊ गरिएको हो । उनीमाथि भारतको इन्टरनेट कानुन अनुसार कारबाही बढाइएको छ । महिला दोषी ठहरिएमा तीन वर्ष सम्म कैद सजाय भोग्नेछिन् ।

धरौटीमा रिहा भएकी महिलाले आफूले गहनाको व्यापारको प्रोमोशनका लागि उक्त भिडियो खिचेको दाबी गरेकी छिन् । तर, त्यहाँको प्रहरीले पवित्र गँगा नदीमाथिको लक्ष्मण झुलामा त्यस्तो गतिविधि गरेकाले प्रश्न उठेको बताएका छन् । उक्त स्थानमा राम, लक्ष्मण र सीताले गंगा नदी तरेको धार्मिक विश्वास छ ।-Photo Source: Agency

प्रतिक्रिया दिनुहोस