आँखालाई स्वस्थ राख्ने हो भने दिनमा एकपटक रुनुहोस् !

आधुनिक जीवनशैलीले जन्म दिएका स्वास्थ्य सम’स्यामध्ये आँखाको दृष्टि कम हुँदै जानु पनि एक हो। जसको प्रमुख कारण हो आँखा सुख्खा हुँदै जानु हो । तपाईलाई यो जानेर अनौठो लाग्दा कि आँखालाई स्वस्थ राख्न आँखामा आँ’सु हुनु जरुरी हुन्छ।

आँखामा रहेको लेक्रिमल ग्ल्याण्ड नामक तत्वले आँ’सु बनाउने काम गर्छ । खासमा आँ’सु हाम्रो आँखाका लागि भगवानबाट प्राप्त मोस्चराइजर हो। आँखालाई स्वस्थ राख्नु आँ‘सुको महत्वपूर्ण भूमिका हुन्छ।

तपाईलाई यो पनि थाहा नहोला कि आँ’सुबाटै आँखाले पोषक तत्व प्राप्त गर्छ। साथै आँखामा रहेको फोहर पदार्थ हटाउन पनि आँ’सुको जरुरत पर्छ। आँ’सुको माध्यमबाट आँखालाई अक्सिजन पनि प्राप्त हुन्छ।

आँ’सुमा हुने ए’न्जाइमले आँखामा हुने इ’न्फेक्सनबाट बचाउँछ। आँखाबाट आँ’सु निस्कनु एक स्वभाविक प्रक्रिया पनि हो। तर कहिलेकाँही हाम्रो आँखामा सुख्खापन आउँछ। जसले गर्दा आँखामा ज’लन हुन्छ। यस्तोमा आँखामा इ’न्फेक्सन पनि हुन सक्छ।

लामो समयसम्म एसीमा बस्दा, धेरै समय कम्प्युटरमा काम गर्दा, कन्ट्याक्ट लेन्सको प्रयोग गर्दा र बद्लिँदो मौसमका कारण आँखामा सु’ख्खापन आउने स’मस्या हुन्छ। सडक लगायत धुलो धुँ’वा हुने ठाउँमा काम गर्ने व्यक्तिको आँखामा पनि सुख्खापन आउन सक्छ।
यस्तो अवस्थामा आँखालाई जोगाउनु महत्वपूर्ण हुन्छ। किनकी आँखा मात्रै यस्तो बस्तु हो जसले तपाईलाई संसार देखाउँछ।

कम्प्युटरमा काम गर्ने गर्नुहुन्छ भने हरेक एक घन्टाको अन्तरालमा दुई मिनेटका लागि आफ्नो आँखा बन्द गर्नुहोस्। यदि कन्ट्याक्ट लेन्सको प्रयोग गर्नुहुन्छ भने त्यसलाई नियमित रुपमा राम्रोसँग सफा गर्ने गर्नुहोस्। कुनै औषधिले आँखामा अ’सर पुर्याउँछ। त्यसैले त्यसबारे राम्ररी बुझेर मात्रै औषधि सेवन गर्नुहोस्।

आफ्नो भोजनमा यस्ता चीज सामिल गर्नुहोस् जसमा एन्टी अ’क्सिडेन्ट र भिटामिन ‘ए’ भरपूर मात्रामा होस्। यसका लागि सुन्तला, मेवा, आँप, कागती, टमाटर आदिको सेवन गर्नु फाइदाजनक हुन्छ।

यसका अलवा आँखालाई स्वस्थ राख्न आँखामा आँ’सु हुनु जरुरी हुन्छ । त्यसका लागि कम्तिमा पनि दिनमा एक पटक रु’नुहोस्। -एजेन्सी

प्रतिक्रिया दिनुहोस