डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको छ । कोरोना संक्रमण देखिएपछि अहिले दुवै जना ह्याम्स अस्पतालमा उपचार गराइरहेका छन् ।

डा. रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ‘कोरोनाबाट कोही पनि अछुतो छैन्,’ डा. रिजालले भने, ‘सबैको परिवार उच्च जोखिममा छ ।

फ्रन्टलाइनमा बसेर काम गरेका व्यक्तिहरुको मनोबल उच्च राख्नुपर्छ । विगतमा स्वास्थ्यकर्मीमाथि जेजस्ता घटना भएका छन्, त्यो हाम्रो परम्परा संस्कृतिसँग मेल खाने कुरा होइनन् ।

भोलि जे पनि हुन सक्छ । अहिले हाम्रो परिवारलाई कोरोना देखिएको छ ।’ उनले सबैको शुभेच्छा र हौसलाले भोलि आफूहरु कोरोनामुक्त भएर फ्रन्टलाइनमा खट्ने अठोट व्यक्त गरे ।

डा. रिजालले कोरोनाको संख्या नेपालमा बढ्दैं जाँदा स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारका घटनाप्रति दुःख व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस