आज पनि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । आज पनि सुनको भाउ ताेलामा ९ सय रूपैयाँले बढेको छ । आइतबार प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकाे सुनको भाउ आज ९८ हजार ४ सय रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेकाे छ । हिंजाे प्रति तोला १३६५ रुपैयाँमा कारोबार भएकाे चाँदी आज प्रति तोला १३९५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस