लकडाउनका बेला ६० वर्षपछि समुन्द्रमा देखियो अनाैठो दृश्य !

विश्वका अधिकांश देशहरुमा लकडाउन छ । मानिसहरु घरमै कैद भएका छन् । यसैबीच प्रकृतिमा भने अनौठा कुराहरु देखिन थालेको छ ।

आकाशमा खगोलीय घ’टनाहरु पनि अनौठा र दुर्लभ देख्न पाईएको छ । प्रकृतिमा यस्तो अनौठो दृश्य भने मेक्सिकोमा देखिएको हो। अल्कापुल्कोस्थित समुन्द्र तटमा नीलो रंगको समुन्द्री लहर देखिएको छ । यो दृश्यलाई दुर्लभ मानिएको छ ।

मानिसहरुका लागि उत्सुकताको विषय बनिराख्ने उक्त दृश्य देखिएपछि मानिसहरु लालयित भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो दृश्य ६० वर्षमा पहिलोपटक देखिएको हो । यो दृश्यले समुन्द्रको पानीमा प्रदूषणको कमी भएको अनुभूति गराउँदछ ।

लकडाउनका कारण मानिसहरु घरमै कैद भइ प्रदूषणको स्तर कम भएको कारणले यो दृश्य देख्न पाईएको हो । यो एक अनौठो वैज्ञानिक घ’टना भएको कतिपय बुझाई रहेको छ । जसलाई बायोलुमनेस्सेन्ट भन्ने गरिन्छ । यसको मतलव कुनै जीवको शरीरबाट प्रकाश निस्किनु ।

यो तब मात्र सम्भव हुन्छ,जब पूरा प्रदूषण मुक्त भएको छ । पानीमा माइक्रोओर्गेज्मको बायोकेमिल रिएक्शनका कारण यस्तो घ’टना भएको बिज्ञहरूले बताएका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस