‘बेसार पानीको भर न’परेर अ’लि चाँडो अ’स्पताल ल्याएको भए बुवा बाँ’च्नुहुन्थ्यो कि!’

कोरोना संक्रमण देखिएपछि हिजोआज म पाटन अस्पतालको आइसोलेसनमा छु।

मेरो आमा, भाइ, र छोरा पाटनकै आइसोलेसनमा छौं। हामीलाई यहाँ एउटै कोठामा बस्ने व्यवस्था अस्पतालले मिलाएको छ। आमालाई डाइबेटिजले पनि पिरोलेको छ। कोरोनासँगै डाइबेटिज उच्च विन्दुमा पुगेकोले उहाँलाई गाह्रो भइरहेको छ।

मेरो बुवा पनि पाटन अस्पतालमै हुनुहुन्थ्यो। ७४ वर्षीय उहाँको भदौ ८ गते मृत्यु भयो। उहाँ पनि कोरोना संक्रमित हुनुहुन्थ्यो।

गत साउन अन्तिम साता बुवामा कोरोना देखिए पनि केही दिन घरमै राख्यौं। हामीलाई सल्लाह दिनेहरूले बेसार पानी, तातोपानी खाँदा निको हुन्छ भनिदिए। त्यसैले बुवालाई अस्पताल ल्याउन पनि केही दिन ढिला भयो। कोरोना देखिनेबित्तिकै उहाँलाई मैले अस्पताल किन ल्याइनँ होला? बचाउन सकिन्थ्यो कि! अहिले मलाई यो कुराले निकै पीडा भइरहेको छ। Source- Setopati

प्रतिक्रिया दिनुहोस