दुइटा बच्चा , तर बाउ भने फरक फरक भएको खुलासा….!

चिनमा एक पुरुष आफ्ना जुम्ल्याहा छोराहरूको दुई फरक फरक पिता रहेको अनाैठो घटना सार्वजनिक भएको छ । नाम नखुलाइएका ती पुरुषले जुम्ल्याहाको जन्मदर्ता गराउने क्रममा अनिवार्य रूपमा गरिने डीएनए परीक्षणका क्रममा यो कुरा थाहा पाएका हुन् ।

डीएनए परीक्षणको नतिजा हेर्दा पो ती पुरुषले थाहा पाए, उनकी पत्नीले अर्कै पुरुषसँग पनि यौ’न स’म्बन्ध बनाएकी रहिछन् । डीएनए रिपोर्ट तयार पार्ने देङ याजुनले एक करोड केसमध्ये एकजनामा यस्तो हुने सम्भावना रहन्छ भनिन् ।

‘पहिलो, आमाले एकको साटो दुईवटा अण्डा एउटै महिनामा निकाल्दा जुम्ल्याहा जन्मिन्छन्,’ देङले चाइना न्युज वीक्लीलाई बताइन् । ‘दोस्रो, महिलाले दुई पुरुषसँग निकै छोटो समयान्तरमा यौ’न गर्दा यस्तो स्थिति आउँछ ।’

‘डीएनए परीक्षण नतिजाले के देखाउँछ भने जुम्ल्याहाहरूकी आमा त एकै हुन् तर बाउ फरकफरक हुन् । कम्तीमा दुई बाउ छन्,’ देङले भनिन् । दुई फरक बाउबाट जन्मिएका जुम्ल्याहा अत्यन्तै दुर्लभ हुन्छन् ।

दुवै अण्डा सेचन हुनका लागि महिलाले ओभुलेसनको एक दिनअघि वा पछि दुई फरक पुरुषसँग यौ’न स’म्पर्क गरेको हुनुपर्छ । पतिलाई आफ्नो एउटो छोरो किन आफू जस्तो देखिँदैन भनी आश्चर्य लागेको थियो ।डीएनए रिपोर्ट पढेपछि पतिले पत्निसँग स्पष्टिकरण लिदाँ पत्नीले शुरूमा त आफ्नो विवाहेतर सम्बन्ध नरहेको बताइन् अनि नतिजा बदलेको आ’रोप पतिमाथि लगाइन् ।

तर पतिले खोर्‍याएर सोध्दा पत्नीले अर्को पुरुषसँग एक रातका लागि सुतेको स्वीकार गरिन् । आफ्नो छोरोलाई हुर्काउने तर अर्काबाट जन्मेको छोरोलाई नहुर्काउने पतिले बताएका छन्।

प्रतिक्रिया दिनुहोस