एक शिक्षिकाले विश्वलाई यस्तो पाठ सिकाइन्, अचम्म… सामाजिक सञ्जालमा भाइरल…

काठमाडौं । भनिन्छ अनेक समस्याहरुका बीच नै समाधानको उपाय हुन्छ । कतिले त्यसलाई पहिल्याउन सक्छन् भने कतिले पहिल्याउन नसकेर समस्यामै रुमलिएका हुन्छन् । कोरोनाको विश्वव्यापी प्रभावसंगै अहिले विश्वभरका सर्वसाधारण समस्याामा छन् । आफ्नो दैनिकी सजिलोसंग गर्न पाएका छैनन् ।

अधिकांश मुलुकले अलडाउनको नीति अवलम्बन गर्दा घरभित्रै बस्न बाध्य छन् । लकडाउन खुलेका मुलुकमा पनि आफै सचेतना अपनाउदै काम गर्नुपर्ने अवस्था छ ,।

अन्य सामान्य काम सुचारु भएपनि मानिसको अधिक भिडभाड हुने विद्यालय, कलजे लगायतका संस्था खुल्न सकेका छैनन् । तर भविष्य बनाउने शिक्षा नपाउँदा विद्यार्थी अन्यौलमा छन् । यस्तो अवस्थामा एक शिक्षिकाले आफ्ना विद्यार्थीलाई पढाउन अपनाएको शैलीले विश्वको ध्यान तानेको छ । इच्छाशक्ति भयो भने अभावमा पनि अनेक जुक्ति लगाउन सकिन्छ भन्ने उदाहरण यि शिक्षिकाले दिएकी छन् ।

लामो समय सम्म लकडाउनका कारण विद्यालय बन्द छ । तर सरकार र अभिभावकले आफ्ना विद्यार्थीलाई अनलाईन मार्फत अध्ययन गराउन भनिरहेका छन् । तर ति शिक्षिकासंग त्यसका लागि साधन थिएन । ल्यापटप थिएन । भएको एउटा मोवाइलवाट धेरै विद्यार्थीलाई पढाउन पनि समस्या थियो ।

यस्तो अवस्थामा यि शिक्षिकाले यस्तो जुक्ति निकालिन् । यो भारतको घटना हो । मोवाइल अड्याउन ट्राइपोड नभएका कारण उनले मोवाइललाई सिलिगं र कुर्चिमा डोरीले बाँधेर वोर्ड जस्तो बनाएकी छन् ।

भारतीय वन सेवा की अधिकारी सुधार रमनले यो तस्बिर सामाजिक सञ्जाल ट्विटरमा सार्वजनिक गरेपछि अहिले यो तस्बिर भाइरल भएको छ । उनले त्यो तस्बिर सार्वजनिक गर्दै लेखेका छन् यो तस्बिरले धेरै सकारात्मकता तथा आशा जगाउँछ । केमेष्ट्रि पढाउने यि शिक्षकको लगनशिलतालाई हेर्नु ।

यि शिक्षिकाको नाम मौमिता बी हो । उनले आफुसंग ट्राइपोर्ड नभएका कारण यस्तो जुक्ति अपनाएको बताएकी छन् । उनले यसो गरेर क्लास रुम तयार पार्ने प्रयास गरेको बताएकी छन् । ताकी विद्यार्थीले पोर्डमै पढेको जस्तो अनुभव गरुन ।

बीबीसी हिन्दीमा रहेको यो समाचारमा ति शिक्षकको भिडियो र तस्बिरमा मानिसको निकै राम्रो प्रतिकृया आएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस