सर्पले प्राथना गर्ने यो अचम्मको मन्दिर, जहाँ १० वजे आएर ३ वजे फर्किन्छ !

आजसम्म सर्पसँग जोडिएको घटना त सुनेको नै हो । तर भारतको एक गाउँको शिव मन्दिरमा पछिल्लो १५ वर्ष यता सर्प बसिरहेका छन् । उक्त शिव मन्दिरमा सर्पले १५ वर्षदेखि दैनिक प्रार्थना गरिरहेको छ ।

भारतको सालेमाबाद गाउँ स्थित शिव मन्दिरमा एउटा सर्पले दैनिक ५ घन्टा सम्म प्राथना गरिरहेको हुन्छ । उक्त मन्दिरमा सर्प दैनिक १० वजे आएर ३ वजेसम्म प्राथना गरिरहने बताइएको छ । प्राथनाको समयमा सर्प शिवलिंगसंगै बस्ने गर्छ ।

गाउँको यो मन्दिरमा मानिसहरु दर्शनको लागी दिनभर ताती लागीरहने भएपनि सर्पले कसैको हानी भने आजसम्म गरेको छैन । उक्त मन्दिरमा १० वजे सर्प पसेपछि अरु कसैलाई पनि भित्र पस्न दिने गरिएको छैन । ३ वजे पश्चात सर्प आफै बाहिर निस्कन्ने बताइएको छ ।

त्यस्तै भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात् शिव मन्दिरमा केहि दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ । एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो । उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठी कोट्याए तर सर्प टसमस पनि नगरे पछि उक्त सर्पलाई पुजारीले शिवको मन्दिरमा ल्याएर राखेका थिए ।

करिब १ मिटर लामो र कालो खैरो रङ्गको रहेको उक्त सर्प अहिले सम्म पनि मन्दिरमा नै बसी रहेको देख्दा सर्प हेर्न जाने जो कोही पनि आश्चर्यमा पर्ने गरेका छन् । सर्पलाई सबैले नजिकैबाट पुजा आजा गर्दा र छुँदा समेत कसैलाई पनि नडस्ने र दुध खाई मन्दिरमै बसी रहेको देख्न सकिन्छ ।

नागले साँझ र विहान गाईको दुध पिई मन्दिरमै बस्ने गरेको मन्दिरका पुजारी आनाराम पण्डितले जानकारी दिए । यो मन्दिरको पुजारी भएको आज करिब १५–२० वर्ष भयो, उमेरले पनि म ७० वर्षको भई सकेँ तर यस्तो अच्चमको नाग देखेको थिएन पण्डितले बताए ।

मान्छेलाई देख्दो छुँदा समेत केहि नगर्ने र दिन रात मन्दिरमै बसीरहने यस्तो अच्चमको सर्प जीवनमा पहिलो पटक देखेँ । पक्कै पनि यो कुनै दैव अवतार होला उनले भने । मैले सपनाहरुमा त नागको दर्शन पाउथेँ तर आज साक्षात् रुपमै नागदेवताको दर्शन पाएँ । उनले हर्षित मुद्रामा भने अब त स्वर्ग जान पाउने भएँ ।

प्रतिक्रिया दिनुहोस