महिलाले सुपरमार्केटमा गरिन् लाजमर्दो हर्कत, सिसिटिभीमा रेकर्ड भएको थाहा पाएपछि…

काठमाडौं। अमेरिकाको पेन्सलभेनियामा एउटा अत्यन्तै लाजमर्दो र अनौठो घटना घटेको छ । यहाँको एक सुपरमार्केटमा गएकी एक महिलाले निकै लाजमर्दो हर्कत गरिन् । उनको हर्कत सिसिटिभीमा रेकर्ड भएको थियो । घटना पुलिसले थाहा पाएपछि महिलाले आफैं पुलिसमा गएर आत्मसमर्पण गरेकी छिन् ।

यो घटना २४ जुलाइको भएको द सनको समाचारमा उल्लेख छ । ती महिलाले सुपरमार्केटमा बिक्रीका लागि राखिएका आलुमाथि पिसाब गरिदिइन् त्यसपछि चुपचाप त्यहाँबाट निस्किइन् । पछि एक सफाइ कर्मचारीले कसैले आलुमा पिसाब गरिदिएको देखे । उनले तत्काल स्टोर म्यानेजरलाई यो कुरा बताए । सीसीटिभीबाट थाहा भयो कि एक महिलाले त्यहाँ पिसाब गरेकी थिइन् ।

पुलिसमा उजुरी पुगेपछि पुलिले महिलाको खोजी थाल्यो यद्यपि महिलाले आफैं आत्ममर्पण गरिन् । महिलाको नाम ग्रेस ब्राउन भएको र उनी २० वर्षकी भएको बताइएको छ । घटनाको बेला महिला मदिराको नशामा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस