३५ हजार फीट माथि उडिरहेको जहाजमा बच्चा जन्मिएपछि…

एजेन्सी- एक महिलाले ३५ हजार फिट माथि उडिरहेको विमानमा बच्चा जन्माएकी छिन् । साउदीअरबको दम्मासबाट भारतको कोच्चिआतीका लागि उडेको विमानमा एक यात्रुले बच्चा जन्माएकी हुन् ।

उडिरहेको विमानमा बच्चा जन्मिएपछि केहीबेर विमानभित्र असहज परिस्थिति बनेको थियो । ती महिलाले बच्चा जन्माएपछि विमान मुम्बइमा आकस्मिक अवतरण गरिएको थियो ।

महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालीन अवतरण गराइएको थियो । जहाजभित्रै नर्मल डेलिवरी भएपछि उक्त जेट एयरवेजले बच्चालाई जीवनभर विमान यात्राका लागि फ्रि टिकट दिने घोषणा गरेको छ ।

जेट एयरवेजले यस बच्चाका लागि फ्री पास समेत जारी गरेको छ । जसको प्रयोगबाट उनले जतिपनि यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार जेट एयरवेजको फ्लाइटमा यो घटना पहिलो पटक भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस