आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको भाउ आज तोलामा ७ सय रुपैयाँ घटेको छ । आज सुनको भाउ तोलाको ९६ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो छापावाल सुनकाे मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ रहेकाे थियो । आज तेजावी सुन प्रतिताेला ९६ हजारमा कारोकार भइरहेको छ । हिजो तेजावी सुन प्रति तोला ९६ हजार ७ सय रूपियाँमा कारोकार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस