संसारकै होचा जोडी जो यति प्रेमिल छन् (फोटो फिचर)

एजेन्सी– माया भन्ने चिज संसारमै विचित्रको हुन्छ । न त उमेरले छेक्छ न त उनीहरुको शारीरिक वनावट र रुप-रंगले नै । हाल एक जोडी चर्चामा छन् । उनीहरु दुबैको उचाइँ ३ फिटभन्दा अग्लो छैन । यो जोडी दुनियाकै सबैभन्दा पुड्को जोडी हो । उनीहरुको प्रेम सम्बन्ध निकै प्रगाढ छ ।

ब्राजिलका पाउलो ग्राब्रियल डा सिल्भा र क्याटिउसिया होसिनोको उचाई क्रमशः ३४.८ र ३५.२ इन्च छ । विश्वको सबैभन्दा पुड्को जोडीको रुपमा गिनिज बुकमा नाम लेखाउने तयारी गरिररहेको यो जोडीको १० वर्षअघि सोसल मिडियामा भेट भएदेखि सम्बन्ध शुरु भएको जनाइन्छ ।

३० वर्षीया पाउलो, जो निकै दुर्लभ मानिने डायस्ट्रोफिक डिस्प्लाजिया ड्वाफिर्ज्मबाट ग्रसित छन् १० वर्षअघि होसिनोलाई पहिलोपटक देख्दा नै माया बसेको बताउँछन् । मन परेपछि पाउलोले होसिनोलाई पर्पोज गरेका थिए। त्यतिखेर उनले मन नपराए पनि त्यसको १८ महिनापछि प्रेम प्रस्तावलाई स्वीकारेकी थिइन् । त्यसपछि उनीहरु डेटिंगमै मस्त हुन थाले । त्यसको ४ वर्षपछि उनीहरु सँगै बस्न थाले ।


पाउलो आफ्नो पहिलो प्रेमी भएको र ऊसँग भएका कुराहरु आफ्नो लागि पहिलो अनुभवको रुपमा रहेका होसिनो बताउँछिन् ।अहिले होसिनोले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् भने पाउलो कानूनी सहायकको रुपमा काम गर्छन् ।

प्रतिक्रिया दिनुहोस