७० वर्षका वृद्ध बाउकाे प्रेम ५५ वर्षकी महिलासँग बसेपछि छोराछोरीले नै गरिदिए बिहे !

एजेन्सी, १८ भदाै । एक ७० वर्षका वृद्धकाे अर्की एक महिलासँग प्रेम बसेपछि छाेराछाेरीले नै बिहे गराइदिएकाे खबर छ । कुराे भारतको मध्यप्रेदशको हाे । प्रेम अन्धाे हुन्छ भन्ने कुरा ती वृद्धकाे जोडीले प्रमाणित गरिदिएको छ ।

मध्यप्रदेशका ती वृद्ध उपचारका सिलसिलामा अस्पताल गएका थिए । साेही सिलसिलामा अस्पतालमा भेटिएकी ५५ वर्षीया महिलासँग ती वृद्धकाे प्रेम बसेछ । दुवैबीचको प्रेम देखेर उनीहरुका सन्तानले विवाह गराइदिएकाे खबर नवभारत टाइम्सले प्रकाशन गरेकाे छ ।

समाचारका अनुसार ७० वर्षका ओमबार सिंह नाम गरेका ती वृद्ध स्थानीय ल्ला अस्पतालमा भर्ना थिए । त्यति नै बेला उनको भेट ५५ वर्षकी गुड्डीबाईसँग भयो । अस्पताल बसाइमै माया बसेछि तीन दिनपछि नै दुवैले विवाह गर्ने निर्णय गरेकाे बताइएकाे छ । अहिले ओमकार सिंहका चार सन्तान छन् रहेकाे जनाइएकाे छ । तर सन्तानले नै ती वृद्धकाे वृद्धकाे बिहे गराइदिए । उनकी श्रीमती भने ३ वर्ष अघि बितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस