श्रीमानको हत्या गरी लाश माथि सुत्ने निशा : पलङ मुनी दुर्गन्ध फैलिए पछि भन्थिन्–’मुसा मरेको’

काठमाडौं / संसारमा यस्ता पनि महिला हुन्छन् जाे आफ्नै श्रीमानकाे हत्या गरी पलङ मुनी लुकाउछन् अनि दुरगन्द फैलिीएपछि मुसा मरेर गनाएकाे भन्दै पन्छिन खाेज्छन् । यी कस्ती महिला जस्ले गरीन् आफ्नै श्रीमानकाे यस्ताे बिभत्य हत्या ।

पढ्नुहाे पुरा घटना विवरण
श्रीमानलाई श्रीमतीको अरु कसैसँग अवैध सम्बन्ध भएको शंका थियो । यही कारण उनीहरुबीच अक्सर झगडा भइरहन्थ्यो । एक दिन श्रीमान मदिरा पिएर घरमा आए । श्रीमतीले उनको टाउको बेडको धारिलो भागमा ठोकीठोकी उनको हत्या गरिन् । त्यसपछि श्रीमतीले लाश ठेगान लगाउन निकै खतरनाक चाल चलिन् ।

उनले श्रीमानको लाशलाई आफू सुत्ने बक्स पलङभित्र हानिन् र त्यहीँमाथि ओच्छ्यान लगाइन् । उनले तीन दिनतसम्म श्रीमानको लाशलाई त्यहीँ बेडभित्र राखिन् र त्यहीँमाथि सुतिन् । पछि अनौठो तरिकाले लाश ठेगान लगाउने प्रयास गर्दा भने उनी समातिइन् । अत्यन्तै आश्चर्यजनक यो घटना राजस्थानको अलवर जिल्लाको भएको आज तकको समाचारमा उल्लेख छ । अलवर जिल्लाको भिवाडीमा फुलवाग थाना क्षेत्रमा खिजुरिवास गाउँमा तीन दिनदेखि बेपत्ता कुलदिप यादवको आधा जलेको शव भेटिएको घटनामा पुलिसले खुलासा गरेको छ ।

पुलिस अनुसन्धानमा हत्याको कारण अवैध सम्बन्ध भएको खुलेको छ । पुलिसले श्रीमानको हत्याको आरोपमा धोकेबाज श्रीमती निशालाई पक्राउ गरेको छ । पुलिसका अनुसार निशाले श्रीमानको लाश भेडभित्र राखेपछि २ दिनसम्म त्यहीँमाथि सुतेकी थिइन् । तेस्रो दिन दुर्गन्ध आउन थालेपछि परिवारले यसबारे सोध्दा निशाले सासु ससुरा र आफ्ना ४ वर्षका छोरालाई कोठामा मुसा मरेको र त्यसैको दुर्गन्ध आएको बताएकी थिइन् ।

दुर्गन्धका कारण निशा आफैं पनि तेस्रो दिन अर्को कोठामा सुतिन् । रातको समयमा उनले बेडमा आगो लगाएर श्रीमानको शव जलाउने प्रयास गरिन् । तर जलेको दुर्गन्ध आउनासाथ सुतेका परिवार ब्यूँझेर पानी हालेर आगो निभाए । त्यस रात जलेका कपडा बाहिर फाल्न निशाले साना साना बालबालिकाको सहारा लिएपछि भने घटनाको खुलासा भयो । त्यसपछि पुलिसले मृतक कुलदीपकी पत्नी निशालाई पक्राउ गरेको हो ।

भिवाडीको पुलिस प्रमुख बालाराम चौधरीका अनुसार खिजुरीबास निवासी समशेर सिंहले आफ्ना २४ वर्षका छोरा कुलदीप १७–१८ सेप्टेम्बरको रातदेखि बेपत्ता भएको रिपोर्ट लेखाएका थिए जुन रिपोर्ट १९ सेप्टेम्बरमा दर्ता गरिएको थियो । १९ सेप्टेम्बरको राती कुलदीपको घरमा आगो लाग्यो । भोलिपल्ट २० सेप्टेम्बरमा निशाले आफ्ना दाजुका नाती पंकज र छिमेकी नवनीत र पुनितलाई घरमा बोलाएर जलेका कुरा बाहिर निकाल्न सहयोग मागिन् । तीनैजना घरमा आएर जलेको सामानलाई घरपछाडि खेतमा राखेर त्यसमा २ बोतल ट्रान्सफर्मर तेल हालेर आगो लगाइदिए ।

त्यसपछि निशाले उनीहरुलाई एउटा पुरानो च्यादरमा बेरिएको सामान बाहिर निकाल्न भनिन् । उनीहरुले त्यो सामान लिएर आगोमा हाल्न जाँदै गर्दा अचानक हावाले च्यादर उडाएपछि भित्रको लाश देखियो । लाश देख्नासाथ तिनै जना डराएर भागे । पंकजले यसबारे आफ्ना हजुरबुवालाई बताए । त्यसपछि पुलिसलाई खबर गरियो। बालकहरुको बयानको आधारमा निशाले हत्या गरेको देखिएपछि पुलिसले उनलाई पक्राउ गर्यो ।

प्रतिक्रिया दिनुहोस