‘बलात्कारपछि हत्या’ गरिएकी युवती अन्तिम संस्कारको १० दिनपछि जिउँदै फर्किइन्

काठमाडौं। एक युवतीको बलात्कारपछि हत्या गरिएको मुद्दामा पुलिसले आरोपीको खोजी गरिरहेको थियो । पुलिसले आरोपीहरुलाई त भेट्टाएन बरु मारिएकी भनिएकी युवतीको भिडियो सार्वजनिक भयो । भिडियोमा युवतीले आफू जीवितै भएको बतायन् । युवतीको भिडियो सार्वजनिक हुँदासम्म उनका परिवारले उनको अन्तिम संस्कार गरिसकेका थिए । यो सनसनीपूर्ण घटना बिहारको वैशालीको भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

वैशाली जिल्लाको रहीमपुरमा गएको २२ अगष्टमा बाकरपुरका पिताले आफ्नी छोरीको अपहरण भएको भन्दै पुलिसमा रिपोर्ट लेखाएका थिए । त्यसको भोलिपल्ट एक युवतीको शव बरामद भयो । लाशको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या गरिएको आशंका गरिएको थियो । शवको पहिचान मेटाउनको लागि शवलाई तेजाबले जलाइएको थियो । शव भेटिएपछि पुलिसले हत्याको मुद्दा दर्ता गरेर हत्याराको खोजीमा जुटेको थियो । तर यही बीचमा पुलिसले जुन मेनका नामकी युवतीको शव बरामद गरेर अपहरण र हत्याको अनुसन्धान गरिरहेको थियो उनै युवतीले एक भिडियो जारी गरेर आफू जीवितै भएको बताएकी छिन् ।

पुलिसले पोस्टमार्टम गरेर हत्याको मुद्दा दर्ता गरेको थियो । परिवारले उनको अन्तिम संस्कार समेत गरिसकेको थियो । उनै युवती अब १० दिनपछि अगाडि आएकी छिन् । भिडियोमा युवतीले आफ्नै इच्छाले भागेर बिहे गरेको बताएकी छिन् । पिता र परिवारले झुटो केस बनाउनको लागि हत्याको केस बनाएको उनले आरोप लगाएकी छिन् । युवतीका अनुसार उनले घरमा पनि फोन गरेर आफू जीवितै भएको बताएकी थिइन् तर परिवारले केस गरेर अन्तिम संस्कार पनि गरिदिए ।

प्रतिक्रिया दिनुहोस