राजीनामा दिदै अर्थमन्त्री खतिवडा, आर्थिक सल्लाहकारमा नियुक्तिको सम्भावना

काठमाडौं, १९ भाद्र । अर्थमन्त्री डा. युवराज खतिवडाले आजै मन्त्री पदबाट राजीनामा दिने भएका छन् । आज बस्ने मन्त्रिपरिषद् बैठक उनका लागि अन्तिम हुनेछ । बैठकमै उनले राजीनामा दिने भएका हुन्।

साँढे दुई वर्ष अर्थ मन्त्रालयका जिम्मेवारी सम्हालेपछि खतिवडा राजीनामा दिने अवस्थामा पुगेका हुन् । उनी सांसद नरहेपनि छ महिना मन्त्री पदमा रहेका थिए । त्यसैले आज राजीनामा नदिए संविधान अनुसार उनी स्वतः पदमुक्त हुनेछन् ।

यसैगरी, अर्थमन्त्रीबाट राजीनामा दिएपछि खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै टिममा राख्ने भएका छन् । उनलाई आर्थिक मामला सल्लाहकार बनाउने तयारी भएको छ । ओली उनले निकै रुचाएका मन्त्रीमध्येका हुन् ।

ऋषि धमलासँगको अन्तवार्तामा खतिवडाले राम्रो काम गरेको भन्दै ओलीले प्रशंशा गरेका थिए । यसबाट पनि ओली उनीबाट निकै सन्तुष्ट भएको बुझ्न सकिन्छ ।

खतिवडाको कार्यकाल भने विवादमुक्न हुन सकेन । उनी शेयर कारोबारी र घरजग्गा व्यवसायीप्रति कडा बनेका थिए । उनका पालमा लोकप्रीय सामाजिक विकासका कार्यक्रम कमैमात्र आए । जुन नेकपाको आर्थिक नीतिभन्दा भिन्न थियो ।

प्रतिक्रिया दिनुहोस