साइकलले किचेको चल्ला र पैसा बोकेर अस्पताल पुग्ने बालकको पेन्टिङ सामाजिक संजालमा भयाे भाइरल

एजेन्सी / आफ्नो साइकलले किचेको कुखुराको चल्ला र पैसा लिएर अस्पताल पुगेका भारतको मिजोरमका बालकको तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । अहिले तिनै भाइरल बालक अहिले फेरी पनि भाइरल बनेका छन् । यसपटक उनको फोटो नभएर पेन्टिङ भाइरल भइरहेको छ ।

सुनिल पुकोडेले बनाएको उनको पेन्टिङ सामाजिक सञ्जालमा हजारौं प्रयोगकर्ताले शेयर गरिसकेका छन् । ६ वर्षका डेरेक लाल्छनहिमाको उक्त फोटो उनी पुगेकै अस्पतालमा काम गर्ने नर्सले खिचे शेयर गरेपछि उनी भाइरल बनेका थिए ।

प्रतिक्रिया दिनुहोस