बिकको छोराको क्षेत्रीसंग प्रेम, प्रेमिकाको भयो यसरी निधन (भिडियो हेर्नुस्)

काठमाडौ । कथित उपल्लो जात भनिएकी एक युवतीसंग प्रेम गरेको अभियोगमा एक युवकले फेरी रुकुम घटना झै या’तना पाएका छन् । युवकलाई या’तना दिएको देख्न नसकेर उनको प्रेमिकाले संसार छोडेकी छन् युवकलाई आफ्ना परिवारले या’तना दिएपछि प्रेमिकाले संसार छोडेकी हुन् । घटना भएको भोलीपल्ट उनले जिवन त्यागीन् ।

प्रेमिकाले भेट्न बोलाएर उनको घरमै भेट्न गएका अछामका प्रकाश टमटालाई युवतीको परिवारले देखे । त्यसपछि उनलाई कपाल मु’ण्डन गरिदिए, धेरै जना मिलेर या’तना दिए । त्यो अवस्था देख्न नसकेर प्रेमिकाले जिवन त्याग गरेको युवकले बताएका छन् ।

प्रकाश टमटाको केशरी रावलसंग प्रेम थियो । ३ वर्ष देखिको प्रेम गाउँमा सबैलाई थाहा थियो । केशरीका परिवारका सदस्यले पनि शंका त गरेका थिए, टमटा भन्छन थाहा नभएको हुनसक्छ । उनीहरुले विवाहको योजना बनाएका थिए । विवाह गर्न पैसा समेत जम्मा गर्न थालेका थिए । त्यो दिन पनि विवाहको योजना बनाउ केशरीले प्रकाशलाई भेट्न बोलाएकी थिइन् । उनीहरु कोठामा गफ गरेर बसेका थिए । त्यही बेलामा प्रकाशलाई केशरीका परिवारले देखे ।

जातिय छुवाछुत सम्बन्धी गा ली गर्दै या तना दिन थाले । उनलाई खेतमा ल्याए । त्यो सबै देखेकी प्रेमिकाले सहन सकिनन् र भोलीपल्ट जिवन त्याग गरेको प्रकाशले बताएका छन् । घटना भएको अहिले ५ दिन भयो । प्रकाशलाई केशरीको निकै याद आउँछ । विवाहको योजना बनाएका थियौं अहिले यस्तो भयो मलाई निकै याद आउँछ उनले भने ।

यो घटना अछाम रामारोशन २ मा यस्तो घटना भएको हो । युवक अहिले घाइते अवस्थामा छन् । उनी राम्रोसंग बोल्न पनि नसक्ने अवस्थामा छन् । तर यिनीहरु सानै उमेरका हुन् । युवक अहिले १७ वर्षका भए भने युवती १५ वर्षकी थिइन् । युवक अहिले घरमै बसेका छन् । उपचार गर्ने पैसा नभएकाले उनी घरमै बसेको युवकको आमाले बताएकी छन् ।


कर्तव्य निर्वाहमा पछि नपर्न प्रहरी अधिकृतलाई निर्देशन

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कर्तव्य निर्वाह गर्ने क्रममा जस्तोसुकै परिस्थिति आए पनि पछि नहट्न प्रहरी अधिकृतलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहमा सरुवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब उपरीक्षकलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक क्षेत्रीले कार्य क्षेत्रमा उच्च मनोबलका साथ उत्ृकष्ट सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

अपराध अनुसन्धान तथा नियन्त्रणका लागि दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राज्यले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो । उहाँले मुलुकमा शान्तिसुरक्षा कायम गर्न अपराधजन्य गतिविधिको नियन्त्रण गर्दै कोरोना सङ्क्रमण रोकथाम र व्यवस्थापन, फरार अपराधीको खोजी, सीमा क्षेत्रमा राजश्व चुहावट रोक्ने र सवारी दुर्घटना न्यूनीकरणलगायत गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

“सरुवा भई जाने ठाउँमा अभिभावकको हैसियतले पूर्ण निष्ठावान् भई कर्तव्य निर्वाह गरेमा असल र नेतृत्वदायी भूमिका ठहर्छ”, प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “हिरासतमा भएका व्यक्तिमाथि प्रहरीले गर्ने व्यवहार एवं हिरासत कक्षको व्यवस्थापनलाई विशेष ख्याल राख्नु जरुरी छ ।”

अपराधजन्य गतिविधिमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभयो । अन्य सुरक्षा निकाय, स्थानीय तह र कानून कार्यान्वयन गर्ने अन्य निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्नसमेत उहाँले प्रहरी अधिकृतलाई निर्देशन दिनुभयो । कानूनी रुपमा कठोरता र व्यवहारमा विनम्रता प्रस्तुत गर्नसमेत उहाँले सुझाव दिनुभयो । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणले धेरै प्रहरी कर्मचारी प्रभावित भएको अवस्थामा सीमित जनशक्ति र साधन स्रोतको उचित परिचालन गरी सक्रिय भूमिका निर्वाह गर्नसमेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस