प्रेरक भनाईहरु – आफ्नो जिन्दगी प्रतिको सम्पूर्ण दायित्व आफूले लिनु नै ज्ञान हो

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. हामी सबै समस्याहरुको समाधान गर्न जन्मिएका होइनौं । हामी ती समस्या र विरोधाभासको बीचमा पनि बाँचेर ती कुराहरुभन्दा माथी उठ्नको लागि जन्मिएका हौँ ।

२. ज्ञानको सबैभन्दा राम्रो स्रोत परिक्षण हो । जति धेरै परिक्षण गर्छौ, अनुभव लिन्छौ, त्यति नै धेरै ज्ञान बढ्छ ।

३. कसैको निर्देशनमा दौडिने घोडा भन्दा रिसाहा बाघ बढी बुद्धिमान हो ।

४. दिमागमा भएको कुरा बोल्छौ भने सतहमा रहने मान्छेले सधै तिमीलाई नकार्छ ।

५. बिहान सोंच, दिउँसो काम गर, बेलुका खाना खाऊ र राती निन्द्रा पुग्ने गरि सुत ।

६. उही रुखलाई मूर्ख र बुद्धिमानले व्यक्तिले फरक-फरक देख्छन् ।

७. जुन व्यक्तिले आफ्ना विचार र भावनालाई व्यक्त गर्दैन, त्यो व्यक्ति थुनिएको पानी जस्तै हुन्छ ।

८. दु:खको चरम बिन्दुमा मान्छे हाँस्छ र सुखको चरम बिन्दुमा मान्छे रुन्छ ।

९. आफ्नो जिन्दगीप्रतिको सम्पूर्ण दायित्व आफूले लिनु नै ज्ञान हो ।

१०. पूर्णता खोज्नुले रिस निम्त्याउँछ । कुनै पनि कुरा पनि ‘पर्फेक्ट’ हुँदैन भन्ने कुरालाई मनमा राख ।

प्रतिक्रिया दिनुहोस