प्रेरक भनाईहरु – तिमीलाई अरुको कुराले भन्दा बढी तिम्रै आफ्नै सोंचले दु:ख दिन्छ

प्रेरक भन्नुको अर्थ के हो ? पक्कै पनि प्रेरक भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १८ भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १८ महान् भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. जिन्दगीलाई धेरै गम्भीरताका साथ नलेऊ । जिन्दगी भनेको खेल खेल्ने भकुण्डो जस्तै हो । भकुण्डो हातमा लिएर बस्ने होइन, खेल्ने हो ।

२. तिम्रो मुस्कानलाई सस्तो र रिसलाई महँगो बनाऊ ।

३. किन तिमी आफू कमजोर छु भन्ने सोंच्छौ ? आँखा खोल र आफूभित्र हेर । आफूलाई बुझ । तिमी कैयौं गुणा बलियो छौ ।

४. टाउको पछाडी फर्काएर अगाडी हिंड्न खोज्छौ भने तिमी लड्छौ । पछाडी फर्केर नहेर, अगाडी बढ ।

५. जिन्दगी भनेको तिम्रो भाग्य र तिम्रो रोजाइको संगम हो । पानी पर्नु भाग्य हो भने, त्यो पानीमा भिज्नु या नभिज्नु तिम्रो रोजाइ हो ।

६. जब तिम्रो लागि सबै ढोका बन्द हुन्छन् , तब तिमीले आफ्नो बाटो पत्ता लगाउँछौ ।

७. तिमीलाई अरुको कुराले भन्दा बढी तिम्रै आफ्नै सोंचले दु:ख दिन्छ ।

८. यदि तिमीले आफ्नो दिमागमाथि विजय प्राप्त गर्छौ भने तिमीले सिंगो संसार जित्न सक्छौ ।

९. यदि केही कुराले तिमीलाई अति खुशी दिन्छ भने त्यो कुराले तिमीलाई अति पीडा पनि दिन्छ ।

१०. आफ्नो वरिपरि भएका सबै घटनाहरुको आफू साक्षी मात्र हूँ भन्ने बुझेको दिन तिमी स्वतन्त्र हुन्छौ ।

११. खुशी कहिल्यै पनि भोलिमा हुँदैन, आजमा हुन्छ ।

१२. हामीले सधै अरुबाट आफ्नो समस्याको समाधान खोज्छौं । यो बिर्सिन्छौँ कि, आफैले आफ्नो दिमागलाई फरक कोणबाट सक्रिय गरायौं भने त्यही समाधान भेट्नेछौं ।

१३. भइसकेको कुरामा रिसाउनु या पश्चाताप गर्नु मूर्खता हो । फेरी त्यही गल्ती नदोहोरियोस् या फेरी त्यही परिस्थिति नआओस् भनेर सचेत रहनु बुद्धिमानी हो ।

१४. खुशी खोज्ने बानीले व्यक्ति दुखी बन्छ ।

१५. घमण्ड या अहंकारले जित्छौ भने त्यो जित पनि तिम्रो हार हो । प्रेमले हार्छौ भने त्यो हार पनि तिम्रो जित हो ।

१६. प्रेम भनेको अरु कोही व्यक्तिमा तिमीले भगवान देख्नु हो भने मेडिटेसन भनेको तिमीले आफू भित्र भगवान देख्नु हो ।

१७. यदि तिम्रो दिमाग खुशी छ भने तिमीले काममा कुनै दबाब महसुस गर्दैनौ ।

१८. कुनै पनि किसिमका भावना या आवेग गलत होइनन । तर ती भावना या आवेग धेरै समयसम्म रहिरहे भने ती गलत हुन पुग्छन् ।

प्रतिक्रिया दिनुहोस