सुशान्त आत्महत्या प्रकरणमा रियाको भाई र म्यानेजर हिरासतमा

एजेन्सी, १९ भाद्र । सुशान्त सिंह राजपुतको मृत्युको केसमा अनुसन्धानको क्रममा लागुऔषध नजिक आएपछि एनसीबीको टोलीले रिया चक्रवर्तीको भाई शोविक र सुशान्तका हाउस म्यानेजर सैमुअल मिरान्डालाई हिरासतमा लिएको छ ।

शोविक र सैमुअलको एनसीबीले आमन्ने सामन्ने राखेर सोधपुछ गर्नेछ । आज बिहान एनसीबीको टोलीले रिया र सैमुअलको घरमा छापा मारेको थियो । दुवैजनालाई एकै समयमा एनसीबीले खोजी गरी नियन्त्रणमा लिएको हो ।

१७ मार्च २०२० मा शोविक र सैमुअल मिरान्डाबीच च्याटिङ भएको थियो । उक्त च्याटमा शोविकले जैद मिलात्राको नाम सैमुअललाई दिएका थिए । सैमुअलले जैदलाई १० लाख रुपैयाँको ५ सय ग्राम ड्रग्स खरिद गर्न भनेका थिए । यसपछि सैमुलले जैदसँग सम्र्पक गरे । यसै च्याटको आधारमा एनसीबीले अनुसन्धान गरिरहेको छ ।

उल्लेखनीय विषय सुशान्त सिंहको निधनको केसलाई सीबीआई, एनसीबी र ईडीले एकैपटक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस