अरबौं खर्चमा राजकुमार सलमानको भव्य पार्टी ! विश्वभरीका १५० सुन्दरीसँग १ महिना मस्ती

काठमाडौं। साउदी राजकुमार मोहम्मद बिन सलमान आफ्नो विलासी जीवनशैली र विवादका कारण चर्चामा रहिरहन्छ। पत्रकार जमाल खशोग्गीको हत्या देखि शाही परिवारका सदस्यहरुविरुद्ध कडा कारवाहीका कारण उनी चर्चामा रहिरहेका छन् । एक अमेरिकी मोडलसँग एक रात बिताउन करोडौं डलर दिन तयार भएका राजकुमार सलमान निकै विलासी जीवन बिताउँछन् ।

पछिल्लो समय राजकुमार सलमानको विलासी जीवनशैलीको बारेमा निकै ठूलो खुलासा भएको छ । एउटा नयाँ किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले माल्दिभ्सको एक प्राइभेट आइल्याण्डमा भव्य पार्टी दिएका थिए जहाँ अर्बौं खर्च भएको थियो । यो पार्टीमा आउने पाहुनाहरुलाई खुसी पार्नको लागि ब्राजिल, रुससहित विश्वका विभिन्न स्थानबाट १५० मोडलहरुलाई बोलाइएको थियो ।

‘ब्लड एण्ड आयदः मोहम्मद बिन सलमान्स रुथलेस क्वेस्ट फल ग्लोबल पावर’ नामको किताबमा दावी गरिएअनुसार यी सबै १५० मोडलहरु माल्दिभ्स आएपछि उनीहरुलाई कुनै किसिमको यौनजन्य रोग भए नभएको जाँचसमेत गरिएको थियो । किताबमा उल्लेख भए अनुसार यो पार्टीमा मोहम्मद बिन सलमानका खाडी देशका केही दर्जन पाहुनाहरु सहभागी भएका थिए । यो निजी आइल्याण्डलाई विश्वका सबैभन्दा भव्य र महंगा स्थानहरुमा गनिन्छ ।

किताबमा दावी गरिएअनुसार राजकुमार सलमानले करिब १ महिनासम्म यहाँ पार्टी गर्ने योजना बनाएका थिए । तर स्थानीय अखबारले यसबारे थाहा पाएर समाचारमा यसको खुलासा भएपछि राजकुमार सलमान सबै विदेशी मोडललाई साथमा लिएर त्यहाँबाट भाग्नुपरेको थियो । राजकुमार सलमानले यो टापुमा ३ सय कर्मचारी, ४८ निजी भिला र हिउँ वर्षाउने मेसिन समेत भाडामा लिएका थिए । पाहुनाहरुको गोपनीयतालाई ध्यानमा राख्दै यो पार्टीमा फोन प्रतिबन्धित थियो ।

प्रतिक्रिया दिनुहोस