आमाले आफ्ना ५ छोराछोरीको ज्यान लिइन् र प्रहरीलाई फोन गरिन्

काठमाडौ । एउटै फ्ल्याटमा ५ बालबालिकाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको छ । यो घटना पश्चिमी जर्मनीको सोलिंगन शहरमा भएको हो । त्यहाँको एक इलाकामा एउटा फ्ल्याटमा पाँच बालबालिकाको शव भेटिए पछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनामा ती बालबालिकाकी २७ वर्षीया आमा संलग्न भएको आशंका गरेको छ । प्रहरीका अनुसार महिलाले त्यसपछि डसेलडोर्फ नजिकैको एक रेलवे स्टेशनमा आफ्नै ज्यान लिने कोसिस गरेकी थिइन् ।

बालबालिकाको निधनको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन र यसबारे विस्तृत जानकारीसमेत उपलब्ध छैन । स्थानीय समयानुसार दिउँसो आपतकालीन सेवालाई सूचित गरियो ।

घटना भएको अपार्टमेन्ट
यो अपार्टमेन्ट हसेल्डेल क्षेत्रको एक आवासीय इलाकामा अवस्थित छ । प्रहरीका अनुसार उनीहरुलाई स्थानीय समयानुसार करिब दुई बजे एउटा फोन आएको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले त्यहाँ पाँच बालबालिकाको शव भेटेका हुन् । तीन छोरी र दुई छोरा छन् ।

बालबालिकाको उमेर एक वर्षदेखि आठ वर्षबीच थियो । ११ वर्षका छैटौं छोरा बच्न सफल भएको बताइएको छ । बालबालिकाकी हजुरआमा घटनास्थलभन्दा करिब ६० किलोमिटर टाढा बस्छिन् ।

जर्मन न्यूज वेबसाइट बिल्डको रिपोर्ट अनुसार उनले नै आपतकालीन सेवालाई अ’ल’र्ट फोन गरेकी थिइन् । प्रहरी प्रवक्ता स्टिफनले आफ्नै ज्यान लिने कोसिसमा बालबालिकाकी आमा ग’म्भी’र रुपमा घाइते भएको जानकारी दिएका छन् ।

आफ्नै जेठो बच्चासंग चु’म्बन गर्दै आमा
प्रहरी प्रवक्ताले पत्रकारसँगको कुराकानीमा प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जानकारी दिए । प्रहरीले बालबालिकाकी आमासँग यो दुखद घटनाबारे कुरा गरिसकेपछि मात्रै यसको कारणबारे पत्ता लगाउन सकिने बताएको छ । हालका लागि यो ब्ल/क’को सबै फ्ल्याट सिल गरिएको छ । घटनास्थलमा प्रहरीको गाडी, एम्बुलेन्स र फो’रे’न्सिक टिम पनि उपस्थित छ ।

समाचार माध्यमका अनुसार ति महिलाले ३ वोटा बिवाह गरेकी थिइन् तर १ बर्ष अघि मात्र तेस्रो श्रीमानसंग सम्बन्ध बिच्छेद गरेको खुल्न आएको छ । सम्बन्ध बिच्छेद पछि ति महिला निकै बि’क्षिप्त बनेकी थिईन ।

प्रतिक्रिया दिनुहोस