छोराछोरीको दू’धे दाँ’त स’म्हा’लेर राख्नुस्, काम लाग्छ यस्तो महत्वपूर्ण ठाउँमा, जानी राखौं

एजेन्सी । अमेरिकामा नेसनल रिसर्च सेन्टर फर बायोलोजीको एक अनुसन्धानले बच्चाहरुको टुट्ने दुधे दाँत सँगालेर राखे भविष्यमा धेरै लाभदायी हुन सक्ने देखाएको छ । उक्त अध्ययनमा सानोमा टुट्ने दाँतमा भएको ‘स्टेम सेल’ ले क्यान्सर र मुटुसम्बन्धी रो’गको उपचार हुन सक्छ भन्ने देखाएको हो । अनुसन्धानकर्ताका अनुसार बढी उमेरका मान्छेहरुको तुलनामा बच्चाहरुको दाँत वातावरणमा धेरै समयसम्म सम्पर्कमा नरहने हुनाले ख’राब भएका हुँदैनन् । दाँतमा भएको ‘स्टेम सेल’ को सहयताले शरीरमा सजिलै नयाँ कोशिका निर्माण गर्न सक्छ ।

बच्चाहरुका दाँतबाट पाइने स्टेम सेल उपचारका लागि एकदमै राम्रो सावित हुन सक्छ जसले गर्दा ‘बोनम्यारो’ निकाल्नै पर्दैन । दाँतमा रहेको स्टेम सेल को खोज र त्यसमाथि गरिएको शोधकार्य अहिले प्रारम्भिक च’रण रहेको छ । तर भविष्यमा यसको मदतले क्यान्सरको उपचारका साथै हृ’दयघात कम गर्नमा सहयोग गर्न सक्छ । त्यसैगरी दाँतमा पाइने स्टेम सेलले हाडको, आँखाको तन्तु निर्माण गर्न सक्छ । यो स्टेम सेल १० वर्षको बच्चाको दाँतबाट पाइन्छ ।

बालबालिकामा दाँतको स’मस्या
। व्यस्त जीवनशैलीका कारण अभिभावकले छोराछोरीलाई प्रशस्त समय दिन सकिरहेका हुँदैनन् । छोराछोरीलाई स्कुलमा टिफिन पठाउँदा होस् वा रोएको बेला फकाउँदा, गुलिया मिठाइको लो’भ देखाइन्छ । आफन्तले पनि घरमा आउँदा बच्चाहरूका लागि आइसक्रिम, क्यान्डीलगायत गुलिया मिठाइ ल्याइदिन्छन् । बालबालिकाले गुलिया खाद्यवस्तु मन पराउने भएकाले उनीहरूको दाँत बि’ग्रिने सम्भावना अरुको तुलनामा बढी हुने ग्रान्डी अस्पतालका डेन्टल सर्जन अमित खनाल बताउँछन् । गुलिया मिठाइ अत्यधिक सेवन गर्ने तर त्यसअनुसार सफाइमा ध्यान नदिने कारण दाँत बिग्रिने समस्या बालबालिकामा बढी हुन्छ । राति सुत्दा बच्चालाई बोतलको दूध चुसाइरहँदा पनि बच्चाको दाँत किराले खाने डा. खनालको भनाइ छ ।

यसरी लामो समयसम्म दाँतमा अड्केका गुलिया एवं अन्य खानेकुरा केही समयपछि कुहिएर मुखमा अम्ल उत्पन्न हुन्छ, जसले दातँको टल्किने भाग इनामेल र त्यसको डेन्टिनको ह्रास गराउँछ । त्यसपछि विस्तारै अझ भित्री तहसम्म पुगेर अम्लले क्षति पु¥याउँछ । यस्ता खानेकुरा खानासाथ मुख सफा नगर्नाले बालबालिकाको दाँतमा सडनको समस्या देखा पर्छ । डा. खनालका अनुसार दन्तसडन भनेको दाँतमा अड्किएर बसेको खाना अम्लमा परिवर्तन भई दाँतलाई खाल्डो पार्ने प्रक्रिया हो ।

दन्तसडन भएको खण्डमा सुरुमा दाँतमा कालो खाल्डोजस्तो देखा पर्छ र विस्तारै असर बढ्दै जान्छ । खाल्डो परेको दाँतमा खानेकुरा परेमा अड्किने, सिरिङ हुने र खाना टोक्दा दुख्ने हुन्छ । लामो समयसम्म उपचार नभए खाल्डो बढ्दै जरासम्म पुग्छ । त्यसपछि दाँतको दुखाइ बढ्न थाल्छ । पिप जम्मा हुने, गिँजा सुन्निने र दाँतबाट रगत बग्ने हुँदै दात हल्लिने समस्या पनि आउँछ । कार्बन युक्त पे’य पदार्थहरू गुलिया खाना, चकलेट, चाउचाउ, बिस्कुट, जङ्क फुड, चुसेर खाने (क्यान्डी, ललिपप) आदिले दाँत छिटो बिग्रिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नियमित रूपमा दाँत माझ्ने गरेमा ७० प्रतिशतसम्म रो’गबाट बचाउन सकिन्छ । खाना खाएपछि दिनको २ पटक अनिवार्य रूपमा दाँत माझ्ने र बेला बेलामा जँचाउने गर्नुपर्छ । वर्षको एक पटक दन्त चिकित्सकसँग नियमित परीक्षण गराउनुपर्छ । दन्त स्वास्थ्यका विषयमा बालबालिकालाई सही जानकारी दिनु आवश्यक छ, जसले गर्दा उनीहरू स्वयं दाँतको सफाइमा ध्यान दिन सकुन् ।

प्रतिक्रिया दिनुहोस