आइतबारको दिन खप्तड बाबाका यी ५ दिब्य वाणीसँगै आफ्नो दिन सुरु गर्नुहोस्

काठमाडौँ। मानसिक उर्जाशक्ति र सकारात्मक सोचलाई हरेकदिन कायम गर्न खप्तड बाबाले विभिन्न सुत्रहरु दिएका छन्। खप्तड बाबा आफ्नो जीवनको अधिकतम समय अग्लो हिमालका विभिन्न ठाउँहरूमा यात्रा गरेर विताए त्यसैगरी उनले आफ्नो जीवनकालको ५० वर्ष नेपालको खप्तड उपत्यकामा तपस्या गरेर विताएका थिए।

उनी खप्तडमा लामो समय विताएको हुदा उनलाई खप्तड बाबा भनेर चिनियो। यद्यपि गुरु ज्ञानश्रमजीले उनलाई सन्यासी नाम दिएका थिए जुन “स्वामी सच्चिदानंद सरस्वती” थियो र पछि श्री १००८ ब्रह्मवित परमहंस योगी सच्चिदानंद सरस्वती भनेर चिनिए।

उनले जीवनलाई उपयोगी हुने थुप्रै ज्ञानहरु दिएका छन् ती मध्ये ५ सजिला उपाए निम्न छन् :

१. सधैव प्रसन्न रहने : बाबाको अनेकौ सिद्धान्त मध्ये पहिलो शुत्र प्रसन्न रही आनन्दलाई महसुस गर्ने हो र आफुले अनुभूत गरिरहेको आनन्द सबै तिर फैलनदिने, जसबाट साथ रहनेहरु पनि आनन्दमा रङ्गिऊन् ।

प्रसन्न रहंदा नकारात्मक सोच मन मस्तिकमा नआउने जसले गर्दा स्वास्थ र सौन्दर्यता पनि राम्रो हुने गर्दछ।

२. आफुमा भएको रिश र अहंकारलाई त्याग गर्ने : रिस एक अनौंठो भावना हो। यो एक शक्तिशाली उर्जा हो जसले जीवन, परिवार र राष्ट्रहरूलाई नष्ट गर्दछ। क्रोधले संबन्धलाई बिगार्ने काम गर्दछ । रिसको विष जस्तो हो जसले अरूलाई हानी गर्नुका साथ साथै आफुलाई नी हानी गर्ने गर्दछ। तसर्थ, बाबाले आफु गुणदर्शी बन्ने कोशिष गर्नुपर्दछ र प्रत्येक वस्तु वा कुरामा हेर्न सिक्नुपर्दछ।

३. हरेकपल आत्मविस्वासी रहनु : सफल हुनको लागि मुलभूत शुत्र भने आफु आत्माबिस्वास रहनु हो। आफ्नो मनलाई पवित्र र उत्तम र सकारात्मक बनाऊ । अरुको नराम्रो विचारहरुलाई कहिल्यै ग्रहण नगर्ने । सत्यता, दृढता, पवित्रता र प्रसन्नताका विचारहरुबाट शरीर र मनोबल बढ्दछ ।

४. मौन धारण गर्ने : बाबाको अनुसार व्यर्थ बकवास कहिले पनि गर्नुहुदैन। यदि कसैले तपाइँलाई नराम्रो कुरा भन्यो भने, यसमा रीस उठ्नु मानव स्वभाव हो। तर झगडा सुरु गर्नु र यस्तो परिस्थितिमा एक अर्कासँग झगडा गर्नु मूर्खता हो। गान्धीले भनेका कुरा,“कमजोर व्यक्तिले कहिल्यै पनि क्षमा दिन सक्दैन।

क्षमा दिने भनेको बलवानको गुण हो। आफ्ना इच्छाहरुलाई आफ्नो अधीनमा राख्न सक्नुपर्दछ। स-साना कुरामा उत्तेजित हुनाले मनको शान्ति भंग भएर शरीरलाई बडो हानि पुग्छ र अल्प आयुमा मृत्यु हुन जान्छ ।

५. सबैसँग प्रेमपूर्वक व्यवहार गर्नु : सबै प्राणीको हृदयमा ईश्वरको बास हुन्छ। त्यस्तै जब हामी जन्मेका थियौं, कसैले पनि हामीलाई सास फेर्ने सिकाएन, त्यो प्राकृतिकरुप आफै आएको कुरा हो।

त्यस्तै प्रेम पनि कसैले गर्न सिकाउदैन त्यो आफ्नो हृदयबाट आउनेकुरा हो। मानस-शास्त्रको नियम छ- जो कुरो बारम्बार मनमा उत्पन्न हुन्छ, त्यो विश्वासको रुपमा बदलिन्छ ।

आफ्नो तथा शरीरको विषयमा जस्तो विश्वास छ, उस्तै नै लक्षण प्रकट हुन लाग्दछन् । ‘यादृशी भावना यस्य सिद्धिर्भवति तादृशी ।’ सत्यता नै प्रसन्नताको जननी हो । सत्यदेखि कहिल्यै भय हुँदैन ।

प्रतिक्रिया दिनुहोस