विश्व चर्चित माईकल ज्याक्सनको यो एक कुरा थाहा पाएपछि चकित बन्यो दुनियाँ

विश्वविख्यात पप गायक माइकल ज्याक्सनको आज जन्मदिन हो । उनी एक सानदार गायकसँगै एक उत्कृष्ट डान्सर पनि थिए । माइकलले आफ्नो गायकी र नृत्यमार्फत सारा विश्वमा अमिट छाप छोडेका थिए ।

नृत्य गर्ने वा माइकल ज्याक्सनलाई मनपराउने जोकोहीले पनि उनको नृत्य शैलीलाई पछ्याउने प्रयास गरिरहेकै हुन्छ । सन् १९८७ मा सार्वजनिक भएक म्यूजिक भिडियो ‘स्मुथ क्रिमिनल’मा माइकलले जुन डान्स स्टेप गरे, त्यो स्टेप गर्नु जोकोहीका लागि पनि सजिलो विषय थिएन ।

यो स्टेपमा माइकल सिधा उभिन्छन् र यही मुद्रामा आफ्नो शरीरलाई ४५ डिग्रीको कोणमा अगाडि झुकाउछन् । वैज्ञानिक जहिल्यै पनि माइकलले कसरी यो काम गर्छन् भन्ने चर्चा गरिरहन्छन् । न्यूरोसर्जनको एक समूहले ज्याक्सनको यो डान्स स्टेपको अध्ययन गरेको छ । उनीहरुले माइकलको नृत्यको राज उनको जुत्तामा भएको र त्यो जुत्ताले उनको खुट्टालाई तागत दिने गरेको बताएका छन् ।

जर्नल अफ न्यूरोसर्जरीमा प्रकाशित सोधमा मन्जुल त्रिपाठी र चण्डीगढका ग्राजुएट इन्स्टीन्यूट अफ एजुकेसन एण्ड मेडिकल रिसर्चका उनका साथीले राम्रो डान्सरको खुट्टा मजबुत हुने बताउछन् । उनीहरुका अनुसार त्यस्ता डान्सर यो स्टेप गर्दा केवल २५ या अधिकतम ३० डिग्रीको कोणमा झुक्दछन् । तर माइकलको स्टेप ४५ डिग्रीको कोण सजिलै बनाउथे ।

कसैले उनको नक्कल गर्ने प्रयास गरेको छ भने उसलाई यो कुराको महशुस हुन्छ कि उनको तिघ्रा पछाडिको मांशपेसीमा अधिक दबाब पर्छ । मन्जुलले यही कारण माइकलको जस्तै नक्कल गर्दा उनी जस्तै अगाडि झुक्न असम्भव हुने बताइन् । तर ज्याक्सनका लागि यो काम गर्नु सजिलो थियो किनकी उनका लागि विशेष जुत्ता थियो ।

उनको जुत्तामा वी आकारको एक टुक्रा लगाइएको हुन्थ्यो । जो जमिनबाट निस्किएको एक किलामा ठिकसँग फिट हुन्थ्यो । त्यही कारण ज्याक्सन अगाडि पट्टी सजिलै झुक्दथे । तर उनलाई यो काम गर्नु अघि कम्मरमा सुरक्षाको सामाग्री बाँध्नु पर्दथ्यो । माइकल र उनका दुई साथी अमेरिकी अन्तरिक्षयात्रीका लागि बनाइएको खास जूत्ताबाट प्रेरित थिए । यो जुत्ता कुनै पनि सतहमा सजिलै टासिन्छ र शुन्य गुरुत्वाकर्षणको स्थितिमा पनि व्यक्तिलाई सतहमै राख्न सहयोग गर्दछ ।

प्रतिक्रिया दिनुहोस