एक बर्षको बच्चाले खेल्दा खेल्दै अचानक जिउँदो सर्प निलेपछि

काठमाडौं । अहिलेको समयमा हरेक आमाबाबुहरु आफ्ना सन्तानका लागि पर्याप्त समय दिदैनन् । आफ्नो काममा व्यस्त रहने आमाबाबुले सन्तानलाई समय दिन सकिरहका हुँदैनन् । यो बीचमा भारतको उत्तर प्रदेशको बरेली जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार एक बच्चाले खेल्दाखेल्दै जिउँदो सर्प निलेका छन् ।

भारतको चर्चित अखबार टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा आएको समाचार अनुसार बच्चाकी आमाले आफ्नो छोराको मुखभित्र केही वस्तु देखेपछि हतपत हेरिन् । जब उनले त्यो वस्तुलाई बाहिर निकालिन् तब उक्त वस्तु सर्प बच्चा भएको थाहा पाइन् । उनले छोरालाई तत्काल अस्पताल पुर्याइन् ।

बच्चाका पिता धर्मपाल एक किसान हुन् । उनी आफ्ना एक वर्षका छोरा देभेन्द्र र ६ इन्च लामो मरेको सर्पको बच्चा लिएर अस्पताल पुगे । धर्मपालले इमर्जेन्सी स्वास्थ्य अधिकारी डा. हरिश चन्द्रलाई उनको छोराले सर्प निलेको जानकारी लिँदै मरेको सर्पको बच्चालाई टेबलमा राखिदिए ।

डाक्टरले तत्काल यो सूचना फिजिसियन डाक्टर एएम अग्रवाललाई जानकारी दिए । त्यसपछि बालकलाई इमर्जेन्सी वार्डमा भर्ना गरियो । डाक्टरका अनुसार त्यो सानो सर्प करेतको बच्चा हो, जुन असाध्यै विषालु हुन्छ । समयमै उपचारका कारण बच्चा खतरामुक्त छन् । News Source

प्रतिक्रिया दिनुहोस