भदौंमा लाख नाघेको सुन आज सबैभन्दा सस्तो

पाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

भदौं २३ गतेसम्म आइपुग्दा सुनको मुल्य आज यो महिनाकै सबैभन्दा कम निर्धारण भएको हो ।

गएको शुक्रबारदेखि एउटै मुल्यमा कारोबार भैरहेको सुन आज तोलामा ३ सय घटेर ९५ हजार ८ मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुनको मुल्य ९५ हजार ३ सय कायम भएको छ भने चाँदीको मुल्य तोलाको १३ सय १० मा कारोबार भएको महासङ्घले जनाएको छ ।

भाद्र महिनाको २ र ३ गते १ लाख ४ हजारमा कारोबार भएको सुनको मुल्य त्यसपछिका कुनै पनि दिनमा १ लाख नाघेको छैन ।

गत साउन २३ गते सुनको मुल्यले ऐतिहाँसिक रेकर्ड राख्दै तोलाको १ लाख ३ हजार ५ सयमा कारोबार भएको थियो । सो समयमा व्यापारीहरुले सुनको मुल्य १ लाख ३० हजार सम्म पुग्ने अनुमान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस