युवती भन्दै खोज्दै हिड्दा जब प्रहरीले युवक फेला पार्यो ! प्रहरी नै अक्क र बक्क

प्रहरी कार्यालयमा एउटा उजुरी परेको थियो । युवतीले सामाजिक सञ्जाल प्रयोग गरेर लाखौं रुपैया ठगी गरेकी छन् । त्यो उजुरीका आधारमा प्रहरीले ठगी गर्ने युवतीको खोजीमा लाग्यो । महानगरीय अपराध महाशाखामा परेको त्यो उजुरी पछि प्रहरी जब अभियुक्तकहाँ पुग्यो देखेर अक्क न बक्क परेको छ ।

सामाजिक सञ्जाल प्रयोग गर्ने ति ब्यक्ति युवती नभएर युवक रहेछन् । उनले गुगलवाट राम्रा युवतीको फोटो डाउनलोड गरेर सामाजिक सञ्जाल मार्फत युवती बन्दै ठगी गर्ने गरेको खुल्यो ।

गुगलवाट लिएका युवतीका राम्रा तस्बिर राखेर फेसबुक बनाउने र त्यही फेसवुक मार्फत युवकलाई साथी बनाएर ठगी गर्ने गरेको प्रहरीले रहस्य पत्ता लगायो । प्रहरीले पक्राउ गरेपछि महिलाको तस्बिर राखेर ठगी गर्ने गर्ने कैलालीको मोहन्याल गाउँपालिका –३ का २७ बर्षीय धनबहादुर शाही भएको खुलेको छ ।

उनी ललितपुरको महालक्ष्मी नगरपालिकाको टिकाथलीमा बस्दै आएका थिए। काठमाडौंको कोटेश्वरबाट उनलाई प्रहरीले पक्राउ गरेको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस