चुँडि’एको हात १० घ’ण्टा ला’मो शल्य’क्रिया पछि ट्र’मा सेन्टरमा जो’डियो.

काठमाण्डौ / राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकले छि’निएको हत्केला जोड्न सफल भएका छन् । सेन्टरका प्रा डा पियूष दाहालको नेतृत्वमा १० चिकित्सक सर्लाही जिल्ला पर्सा गाउँपालिकाका वडा नंं २ का १८ वर्षीय रवि सिंहको पूरै छि’निएको दाहिने हत्केलाको शल्यक्रिया गरी जोड्न सफल हुनुभएको हो ।

सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा सन्तोष पौडेलले चिकित्सकले १० घण्टा लगाएर ती बिरामीको छि’निएको दाहिने हत्केला शल्यक्रियामार्फत जोड्न सफल भएको बताउनुभयो । सेन्टरले बिरामीका औँलाले पूर्ण रुपमा काम गर्न थालेपछि मात्र शल्यक्रियाबारे जानकारी गराएको उहाँले जानकार दिनुभयो । दक्षिणकालीको एक कारखानामा काम गरिरहेका बेला सिंहको हत्केला छि’निएको थियो ।

“हात छि’निएको एक घण्टामा ती बिरामी हाम्रो अस्पतालमा आए”, उहाँले भन्नुभयो, “ त्यसपछि हाम्रो शल्यक्रिया गर्ने समूहले उक्त हात जोड्ने काम गरेको हो । १० घण्टाको अथक प्रयासपछि हात जोड्न सफल भयौँ ।” ती व्यक्तिको दक्षिणकालीको कारखानामा काम गर्ने सिलसिलामा फ्लेक्स पाइप मेसिनबाट गत असार २९ गते साँझ ५ बजे दाहिने हत्केला पूरै छि’नेर दुई टु’क्रा भएको थियो ।

चिकित्सकको समूहले अस्पतालमा बिरामी आएपछि साँझ ७ बजेदेखि अर्को दिन बिहान ५ बजेसम्म शल्यक्रिया गरी हात जोड्न सफल भएको थियो । सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिण्डेन्डेट डा पौडेलका अनुसार यसअघि औँला जोड्ने गरिएकामा हत्केला भने पहिलो पटक जोडिएको हो । ती बिरामीको हत्केला जोड्नका लागि १८ चलाउने नशा, पाँच नशा, तीन आर्टरी र चार हड्डी जोड्नुपरेको थियो ।

प्रतिक्रिया दिनुहोस