आकाशमा ६० घण्टा अद्भुत खगाेलिय स्थितिकाे हुदै , ७ आेटा ग्रह शक्तिशाली अवस्थामा ।

मंगलबार मध्याह्नदेखि बिहिबर राति ११ बजेर २६ मिनेट सम्म दुर्लभ मानिने खगाेलिय स्थितिको संयाेग बनेकाे छ । शुक्र ग्रहबाहेक बाकी ७ ग्रह शक्तिशाली याेगमा रहेकाे स्थिति बनिरहेको छ । एकैसाथ ७ ग्रह शक्तिशाली अवस्थामा आउनुलाई विशेष रुपमा हेरिरहेको छ । तीन ग्रह उच्च तथा चार ग्रह स्वराशिमा अर्थात् आफ्नै राशिमा बसेर शक्तिशाली याेगकाे निर्माण बनेकाे हाे । चन्द्रमा आफ्नाे उच्चराशी बृषमा रहेका छन भने राहु मिथुन राशिमा र केतु धनु राशिमा रहेका छन् । राहु मिथुन राशिमा उच्च हुन्छ भने केतु धनुराशिमा उच्चकाे रहने भएकाले पनि यस्ताे याेग निर्माण भएकाे हाे ।याे याेग जीवन कालमा एकपटक मात्रै देख्न पाइने खगाेलीय अवस्था रहेकाे ज्याेतिषी हरुले जानकारी गराएका छन् ।

बिहिवार मध्यरात्रीसम्म आकाशमा बहुत अदभुत खगोलिय स्थिती बनिरहेको छ। तीन ग्रह उच्च राशिमा र चार ग्रह स्वराशिमा रहेका छन् । यस्तो योगमा जन्म लिएका एवम गर्भधारणा गरेका ब्याक्तिहरुमा असाधारण गुण, क्षमता हुनुका साथै यस्ताे याेगलाई शक्तिशाली राजयाेग भनेर पनि व्याख्या गरिएको छ ।यस्तो याेगलाई राजयोग परेको मानिन्छ । चन्द्रमा, राहु तथा केतु ग्रह उच्च राशिमा रहेका छन् भने मंगल, बुध,सू्य र बृहस्पति गरि चार ग्रह आफ्नाे स्वराशी अर्थात् आफ्नै राशिमा गाेचर गरेकाे स्थिति रहेकाे छ । यस्तो स्थिति जीवनकालमा एकपटक मात्रै बन्ने भएकाले विशेष शक्तिशाली याेगकाे रुपमा ब्याख्या गरिएको छ । राहु तथा केतुग्रहले राशि परिवर्तन गर्न केही घण्टा बाकी रहेकाे अवस्थामा यस्ताे याेगकाे संयाग जुरेकाे हाे सधैंभरि बकृी अवस्थामा रहने राहु तथा केतु ग्रहले १८ महिनामा एकपटक राशि परिवर्तन गर्ने गर्दछन । यसकाे प्रभाव एसियाली देशहरुमामा सकारात्मक प्रभाव पर्नेछ ।यस याेग बनिसके पछि बिस्तारै विश्वमै शान्तिकाे नयाँ रुप अघिबढ्ने छ । साशक वर्गमा सकारात्मक साेचकाे विकास हुदैजाने समेत ज्याेतिषी हरुले जानकारी गराएका छन् ।

लेखक रिजाल ज्याेतिष तथा वास्तुविद् हुन उनी दक्षिण एसियाली ज्याेतिष महासंघ नेपालका महासचिव हुन सम्पर्क ९८५१०६११२४ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस