लक डाउनमा तरकारी लिन गएको छोरोले केटि लिएर आएपछि

लकडाउनका समयमा तरकारी किन्न गएका युवकले बेहुली लिएर फर्किए भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ ।

तर, वास्तविकता यस्तै छ । भारतको उत्तर प्रदेशस्थित गाजियाबाद एक युवक पसलमा साामान लिन गएका थिए । तर उनी जब घर फर्किए तब साथमा दुलही लिएर फर्किए ।
समाचार माध्यमहरुमा जनाईए अनुसार, उनी घरमा तरकारी लिन भन्दै पसल गएका थिए तर फर्किदा बेहुली लिएर फर्किएपछि आफन्त सबै अचम्ममा परे ।

एकाएक छोराले बुहारी लिएर आएको देखेपछि परिवार आक्रोशित बने र यो घटना पुलिस ठाना सम्म पुग्यो । उक्त युवती युवककी प्रेमिका थिईन् । तर घर परिवारले विवाह इन्कार गरिदियो र घर प्रवेश गराउनुको ठाउँमा प्रहरीमा रिपोर्ट दर्ता गराए ।

उनीहरुले एक महिना अगाडि मन्दिरमा विवाह गरेको प्रहरीले अनुसन्धानका क्रममा पत्ता लगाएको छ । छोराले आफूलाई जानकारी नै नगराई यस्तो हर्कत गरेको भन्दै आमाले छोरा बुहारीलाई नै घरमा पस्न नदिएकी हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस