दुबईका राजकुमारको बहुमूल्य कारमा चराले अण्डा पारेपछि… भिडियो

एजेन्सी । दुबईका राजकुमार तथा कार्यकारी परिषदका अध्यक्ष शेख हमदान बिन मोहम्मद बिन राशिद अल कमतुमले आफ्नो विङ्डशिल्डमा चराले गुँढ बनाएपछि आफ्नो बहुमूल्य मर्सिडिज एसयूवी कारको प्रयोग नगर्ने भएका छन् । उनले आफ्नो कारमा चराले बचेरा कोरलेको र दाना खुवाइरहेको भिडियो सेयर पनि गरेका छन् ।

इन्स्टाग्राममा सेयर गरेको उक्त भिडियोमा राजकुमारले चरा र बच्चा देखाउँदै कहिले काहीँ जीवनमा साना चीजहरु धेरै भन्दा धेरै हुने बताएका छन् । राजकुमारको भिडियो २४ घण्टामा १ मिलियन भन्दा धेरैले हेरेका छन् ।

चराले आफ्नो कारमा गुँढ लगाउन शुरु गरेको आफूले थाहा पाएपछि राजकुमारले कारलाई अर्को तर्फ मोडिदिएर चराका चरा र उसका बचेरालाई सहजता प्रदान गरेका थिए । अघिल्लो पटक उनले माउ पंक्षीको भिडियो सेयर गर्दै बच्चा नकोरोन्जेल कारको प्रयोग नगर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस