बाँदरलाई गिफ्ट मिल्यो पानीको बोतल : प्रयोग गर्नुपहिले मानिसले जस्तै हेर्‍याे ‘मेनुअल बुक’ (भिडियोसहित)

एजेन्सी । एक बाँदरको भिडियो अहिले सामाजिक सञ्जालमा धेरै नै भा इरल बनेको छ । भिडियोमा एक बाँदरका मानिस जस्तै क्रियाकलाप देख्न सकिन्छ ।

बाँदरका लागि एक व्यक्तिले गिफ्ट दिन्छन् । ती व्यक्तिले पानीको बोतल गिफ्ट गरेपछि बाँदरले खुसी भएर प्याक खोल्छ । प्याकेटबाट पानीको बोतल फेला पर्छ ।

बाँदरले सुरुमा पानीको बोतलको ढकनी खोल्ने र लगाउने काम गर्छ । त्यसपछि प्रयोग गर्ने तरिकाका जान्नका लागि मेनुअल बुक पढ्न थाल्छ । मानिसले जस्तै उसले पनि मेनुअल बुक हेरिरहेको दृश्य भिडियोमा देखिन्छ । बाँदरको अनुहार हेर्दा वास्तवमै उसले मेनुअल बुक पढिरहेको छ भन्ने लाग्छ ।

यो भिडियो २० लाख भन्दा धेरै व्यक्तिले हेरिसकेका छन् । झण्डै ५० हजार व्यक्तिले लाइक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस