आज सुनकाे मूल्य घट्याे, हेर्नुहाेस कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ।

हिजो प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कोरोबार भएको छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला १३ सय २५ रुपैयाँमा कोरोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस