नेकपाको विवाद समाधानमा अध्यक्षद्वयको १५ बुँदे सहमति, नेपालपक्षको असन्तुष्टि कायमै (भिडियो)

काठमाडौं, २५ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद अन्त्यका लागि तयार पारिएको प्रतिवेदनलाई अध्यक्षद्वयले अन्तिम रुप दिएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको १५ बुँदे सहमति स्थायी कमिटी बैठकमा पेश हुनेछ । दुई अध्यक्षले सहमति जनाएपनि अर्का वरिष्ठ नेता माधवकुमार नेपाल भने असन्तुष्ट रहेका छन् ।

बैशाखदेखि जारी विवाद अन्त्य गर्नेगरी नेकपा अध्यक्ष ओली र प्रचण्डबीच सहमति जुटेको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र प्रचण्ड पार्टी सञ्चालनमा सक्रिय बन्ने मूलभूत सहमति बनेको हो ।

अध्यक्षद्वयले सहमति जनाएका १५ बुँदे प्रस्तावः

१. पार्टी एकताको महत्वलाई आत्मसाथ गर्ने

२. पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने

३. अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने

४. पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने

५. राजनीतिक तथा संगठनात्मक क्षेत्रमा काम गर्ने

६. चैत २५ देखि ३० सम्ममा पार्टीको एकता महाधिवेशन आयोजना गर्ने

७. सरकारको कामका सम्बन्धमा निम्नानुसार गर्ने

–सरकारको कामलाई कोविड– १९ महामारीले सिर्जना गरको चुनौतीको सामना, सीमा समस्याको समाधान, चुनावी घोषणा पत्रको कार्यान्वयन र पार्टी तथा सरकारका तर्फबाट गरिएका सार्वजनिक प्रतिवद्धताहरुको कार्यान्वयन जस्ता महत्वपूर्ण बिषयहरुमा केन्द्रित गर्ने ।

प्रतिक्रिया दिनुहोस