लेखक, युवा साहित्यकार दियु पौडेलको मनछुने कथा , “पापी लोग्ने” खण्ड “ख” को भाग एक देखि भाग चार सम्म अवस्य पुरा पढेर सबैले सेयर गर्नुनबिर्सनु होला ‘ सुदुर समाज दियु पौडेलको “मनछुने कथा , “पापी लोग्ने”….. हेर्दा हेर्दै साॅझ परिसकेको छ !विजुलीका वत्तिहरु धिपिधिपि वलिरहेकाछन् ! सुनसान सडक छ! म भित्र धेरै आवाजहरु तरंगित छन् !मनमा तरंगित ध्वनीका तारहरु तन्किएर चुड्ने खतरामा छन् !मेरो प्यासिला नयनहरु याद पिई आॅशु ओकल्ने तयारीमा छन् !पिडा पिएर मातिएका आॅखाहरु लाल लाल छन् जसरी मदिरा पिएर आॅखा लाल हुन्छ फरक यत्ति हो कि कसैलाई मदिरा लाग्छ त कसैलाई आॅशु लाग्छ !
म यो कथालाई अरु कथा जस्तो एका देशवाट सुरु गर्न चाहॅदिन किनकी अरुभन्दा अलगै छ मेरो कथा ,छुट्टै छ मेरो जिन्दगी..हुन त महिलाको जिन्दगीनै यस्तो पिडावाट गुज्रेको हुन्छ ,’म यतिखेर वताउन सक्दिन जतिखेर सवैकथा पढेर सक्नुहुन्छ त्यतिखेर आफैॅले थाहा पाउनुहुनेछ ! हेर्नुस् त फेरीपनी मेरो जिन्दगी चलिरहेको छ!म आज त्यही लेख्दैछु जुन समाजमा मेरै आॅखाले देखेको छु र मैले स्वत:मनले जस्तो वुझ्न सक्छु ! हुनत अरुले देखेको मेरो जिन्दगी र मैले भोगेको भोगाईमा धेरै अन्तर छ !
एउटी श्रीमती आफ्नै श्रीमानको लाश लिएर मलामी जाॅदा उनले छोराहरुलाई हेरेर चित्त वुझाएकी हुन्छिन कि छोराहरु हो म पनि त टुहुरो भएको छु !म अस्तित्व विहिन वादलभित्र हराएको काग जस्तो छु!धोद्रो आवाजमात्र खुल्ला संसारमा देखिएको छ !परारसाल पनि कहिल्यै छुट्दैन भनेको मेरो मायाॅ फाट्यो त्यसैले लुकाउनुपर्ने दुखाईलाई भित्र कोचेर आफै सिलाएको थिएॅ ! मेरो कथा अव सुरु हुॅन्छ !अलि अलि याद छ मलाई सायद मेरो वाल्यकाल निकै सुन्दर थियो ! साथमा जस्को वुवा-आमा हुनुहुन्छ उसको जिन्दगी निकै सुन्दर हुन्छ अनि संसारकै धनि पनि !त्यसैले म धनि मध्येको एक थिॅए !मेरो संसारमा सवै चिज थियो जव कि साथमा वुवा आमा हुनुहुन्थ्यो !वर्षले ” सात वर्षकी रहॅदै खेरी घरमा एउटा दुखदायि दिनआयो !
मृतुॅगखोलाको सिरानको टाकुरामा मेरो सानो घर थियो !पहाडी वस्ती हराभरा जंगल अनि पाखोवारी.. पश्चिम उत्तरमा देखिएको देवचुली मनोरम दृश्य मेरो आॅगनीवाट देख्न सक्थेॅ अझै याद छ मलाई !सायद यस्तै 2054 सालको नाग पन्चमीको दिन थियो त्यो रात मुसलधारेपानी पर्यो !यसैपनी पुरानो घर, फेरीपनी अधिक वर्षाले घर चुहिरहेको थियो !वुवाले लाईट वाली पसलवाट ल्याएको पलास्टिक खोजेर मलाई र मामुलाई टाउकोमा राखिदिनुभयो ताकी शरिर भिजेपनी टाउको नरुझोस् !वर्षले ” सात वर्षकी रहॅदै खेरी घरमा एउटा दुखदायि दिनआयो !
मृतुॅगखोलाको सिरानको टाकुरामा मेरो सानो घर थियो !पहाडी वस्ती हराभरा जंगल अनि पाखोवारी.. पश्चिम उत्तरमा देखिएको देवचुली मनोरम दृश्य मेरो आॅगनीवाट देख्न सक्थेॅ अझै याद छ मलाई !सायद यस्तै 2054 सालको नाग पन्चमीको दिन थियो त्यो रात मुसलधारेपानी पर्यो !यसैपनी पुरानो घर, फेरीपनी अधिक वर्षाले घर चुहिरहेको थियो !वुवाले लाईट वाली पसलवाट ल्याएको पलास्टिक खोजेर मलाई र मामुलाई टाउकोमा राखिदिनुभयो ताकी शरिर भिजेपनी टाउको नरुझोस् !
सायद जिन्दगी त्यती छोटो हुनुपर्छ जति खेर एकैछिन गड्याड़ गर्दा उज्यालो छरिएको हुन्छ !त्यही सानो किरणले प्रस्ट देखाईदियो कि वरचुली संग जोडिएको पहरावाट एक्कासी माटो भस्किन सुरुभयो ! लौ है पहिरो आउॅदैछ गाउॅका मगर मुखिया कराएको कता कता सुनिन्थ्यो! मगर मुखिया घर नजिकैका छिमेकी उनको आवाज सुनेपछी वुवाले आमा र मलाई उठाउन आउनुभयो !ठुला ठुला चट्टान संग माटोको लेदो मिसिएर आईरहेको एउटा भयानक दृश्य ..